बढी पहिरोले देशभर ३३ जनाको मृत्यु, कयौं बेपत्ता, टेलिफोन र विद्युत सेवा अवरुद्ध

तुलसीपुर, २९ आइतबार  /

 

   बाढी पहिरोका कारण देशभर ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्री जनार्दन शर्माले दिनुभएको जानकारीअनुसार कयौं बेपत्ता भएका छन् । पूर्वी तराई बाढी र डुबानबाट पुरै प्रभावित छ । गृह मन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ जनाको मृत्यु भएको छ । 

बेपत्ताको खोज तथा बाढी प्रभावितहरुको उद्धारका लागि सबैै सुरक्षा निकाय सक्रिय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । तर मौसममा सुधार नभएकाले हेलिकप्टर प्रभावित क्षेत्रमा जान सकिरहेको छैन । गृहमन्त्री शर्माका अनुसार स्थानीय स्रोत साधनको प्रयोग गरि उद्धार तथा राहतको काम भईरहेको छ । पानी परिरहेका कारण स्थिति थप भयावह हुँदै गएको उहाँले बताउनुभयो । पूर्वी र मध्य तराईका नदी आसपासका अधिकांश शहर डुवानमा परेका छन् । 

झापाका नदी आसपासका मूख्य शहरहरु डुवानमा रहेको रेडियो सरगमले जनाएको छ । त्यस्तै मोरङमा पनि बाढीका कारण बिराटनगर सहित अधिकांश शहर डुनावमा परेका छन् । सुनसरीको इटहरी सहितका विभिन्न स्थानमा सप्तकोशी नदीको पानी पसेको छ । कोशी ब्यारेजको ढोका खोल्न भारतलाई आग्रह गरिएको र केही ढोकाहरु खुलेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै सप्तरी, सिरहा, चितवन, नवलपरासी, बाँके, बर्दिया लगायतका जिल्ला पनि डुबानमा परेका छन् । दाङ पनि बाढीबाट प्रभावित भएको छ । बढी पूर्वानुमान शाखाका अनुसार बबई नदी र चितवनको पूर्व राप्ती नदीमा उच्च बाढी र खतरा तहभन्दा माथि रहेको छ । 

प्रतिकृया दिनुहोस