मिडिया काउन्सिल बिधेयक बिरुद्ध दाङका पत्रकारको हातमा कालो पट्टि

संसदमा दर्ता गरीएको मिडिया काउन्सिल बिधेयकका सम्बन्धमा दाङमा पत्रकारहरुले छलफल चलाएका छन् । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन दाङको संयुक्त आयोजनामा आज बुधबार सरकारले हालै संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सरोकारवालासँग छलफल चलाइएको हो । सरोकारवाला पक्षसँग छलफल र सहमतिबिना विधेयक दर्ता गरेको भन्दै आपत्ति सरोकारवाल पक्षले बिरोध जनाएको छ । १० लाख सम्मको जरिवाना राखेर स्वतन्त्र मिडियामाथि कु गर्न खोजेको आंशका भएको सहभागिहरुले जनाएका छन् ।नेपाल प्रेस काउन्सीलका पूर्ब अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारहरुलाई तर्साउने खालेको कानुन बनाउन लागेकोले आफुलाई चित्त नबुझेको बताउनुभयो । पत्रकारलाई दण्ड दिने र तर्साएर ठिक ठाक गराउछु भन्नु सरकारको शैलि ठिक होईन उहाले भन्नुभयो । तर पत्रकारहरुले पनि कानुनलाई मान्दैन भन्नुहुदैन । कानुन भन्दा कोही ठुलो छैन,बरिष्ठ पत्रकार शर्माले भन्नुभयो । अहिले नेपालीपन,भाषा,संस्कृती समाप्त पार्ने षड्यन्त्र भई रहेको छ । यो षड्न्त्र मिडियामा भूमण्डलीकरणको प्रभाबका कारण भएको दावी उहाँको छ । अव नेपालका मिडिया कहाँ जानेहुन,यसबारेमा नत राजधानी काठमाण्डौबाट ठुला मिडिया हाउसका पत्रकारलाई वास्ता छ नत मोफसलका मिडियामा आवद्धहरुको चासो छ,उहाले गुनासो गर्नुभयो ।सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब उदय जिएम,महासंघ दाङका पुर्ब अध्यक्षहरु केएल पीडित,केवी मसाल,सुदीप गौतम,महासंघका सल्लाहाकार दुर्गालाल केसी,सामुदायिक रेडियो प्रसारक संघका प्रदेश संयोजक केपी घिमिरे,नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेत,प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य शरद अधिकारी,प्रेस सेन्टुरका केन्द्रिय सदस्य टीका बस्नेत,प्रेस चौतारी नेपाल दाङका अध्यक्ष जेएन सागर,संकल्प महिला समूहका अध्यक्ष बसुन्धरा गौतम, लगायतले पत्रकार मैत्री बिधेयक ल्याउन माग गर्नुभयो । दर्ता गरीएको मिडिया काउन्सील बिधेयकका राम्रा पक्षलाई समाबेश गर्न र पत्रकारलाई तर्साउने र नियन्त्रण गर्नका लागि लेखिएका बुँदालार्इृ हटाई ब्यापक छलफल,बहस र संबादका माध्यमबाट तयार पारिएको बिधेयक दर्ता गराई कानुन बनाउन माग गर्नुभयो ।नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुबेदीको स्वागतमन्तब्य बाट शुरु गरीएको छलफल कार्यक्रमको सहजिकरण सचिव भुपेन्द्रप्रकास वलीले गर्नुभएको थियो । सरकारले पत्रकारलाई नियन्त्रण गर्ने बहानामा दर्ता गरेको मिडिया काउन्सिल बिधेयकका बिरुद्ध महासंघको नेतृत्वमा आगामी जेठ ३ गते ७७ जिल्लाका सदरमुकाममा पत्रकारहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् ।
 

प्रतिकृया दिनुहोस