प्रेम गर्नेहरुका लागी : प्रेम दिवस

पूर्ण के.सी.(मुस्कान)

 

मायाँ र प्रेम बिना न शान्ति मिल्छ न सन्तुष्टि , आजको ब्यस्त समयमा मानिस प्रेमको भोको छ । त्यसैले हरेक प्रेमीले प्रेमको उजागर गर्नुपर्छ । प्रेम दिवस एक अर्का प्रति ईमान्दारीता प्रकट गर्ने प्रेम दर्साउने विषेश दिन हो । यसले विश्वासको दुरि घटाउँछ र माया बढाउँछ । मार्टिन लुथरले भनेका छन् (बैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हों) उनको यो भनाईले नै पुष्टि गर्छ कि प्रेमको महत्व कति छ । हो, प्रेमले सफल जिवन जीउन मदत गर्दछ र जिवनशैली परिवर्तन गर्न समेत उतिकै महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ । (जहा प्रेम छ त्यहाँ जिवन छ) महात्मा गान्धिको भनाईले पनि यस्तै कुरालाई उजागर गरेको छ । प्रेमलाई जात धर्म, परिवेश , उमेर केहिले प्रभाव पार्न सक्दैन । प्रेमको न कुनै सिमा हुन्छ नत मुल्य र मान्यतानै हुन्छ । प्रेमको जग बलियो भयो भने मात्र प्रेमले एउटा निस्चित आकार लिन्छ । तर पछिल्लो समयमा प्रेम आकर्षणले थिचिएको छ । सबै कुराको समाधान गर्न सक्ने प्रेमको शक्ति आफैभित्र रोमलिएको छ । प्रेमलाई मर्यादित बनाउन प्रेम दिवसको सदुप्रयोग गर्न सकिन्छ । संचार र प्रविधीको विकास क्रमसंगै प्रेम गर्नै शैली परिभाषा समेत ब्यक्तिपरक परिवर्तन भएको पाईन्छ । मानव जातिले सुरु गरेको यो दिवस मानवकै लागी हो ,त्यसैले यो एतिहासीक दिनलाई उपेक्षा गर्नुहुदैन । सबैभन्दा बढी दिवस मनाईने देशमध्ये नेपाल अग्रपंतिmमा पर्ने गर्दछ । हामीले पाक्ष्चात्य संकृतिलाई अनुसरण गर्दै आईरहेका छौँ । देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नेपालीहरुलाई दिवसको कमी छैन । प्रेम दिवस नेपालमा पनि निकै लोकप्रिय हुदै गईरहेको छ । मनपरेको मान्छेलाई गुम्सीएको प्रेम प्रस्ताप सिएर गर्ने विशेष दिन पनि हो प्रेम दिवस । यस दिन प्रेम जोडीले एकान्तमा बसेर माया साटासाट गर्ने प्रेमका बारतालाप गर्नै गर्दछन । खासगरी प्रेमीप्रेमीका तथा श्रीमान श्रीमतीले अझ भनौ जोडीले एक अर्कालाई उपहार आदानप्रदान गर्दै विगत सम्झिने दिनको रुपमा पनि यो दिनलाई लिने गरिन्छ । जीवनको विगत , बर्तमान र भविश्यबारे लेखाजोखा गर्दै प्रेम बाड्न यो दिनले सहयोग गर्दछ । विशेषगरि कलेज पढ्ने युवा युवतीमा प्रेम दिवसको प्रभाव अलि बढी नै देखिन्छ ।  दाङका मुख्य बजारहरु तुलसीपुर, घोराही , लमहीका उपहार पसलहरुमा युवा युवतीको भिड लाग्न थालिसकेको छ । उक्त पसलहरु बाट गुलाबको फुल , प्रेम चिन्ह भएका कार्ड , जोडी अंकीत मूर्ति आदी सामा्रगी किन्ने गरेको पाईन्छ । सुचना प्रविधीको विकास संगै यस दिन फेसबुक , मोबाईल , रेडीयो कार्यक्रम , टेलिभीजन कार्यक्रमको माध्यम बाट पनि प्रेम दिवस विषेश शुभकामना आदानप्रदान हुने गर्दछ ।

विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसका बारेमा विभिन्न किम्बदन्ती पाईन्छ । यो दिवसको सुरुवात प्राचिन रोमबाट सुरु भएको हो । मध्य युगमा इंग्ल्यान्ड र फ्रान्समा १४ फेबअ्रवरीका दिनदेखि चराले आफनो जोडिको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो । विशेष गरी भ्यालेन्टाइन डे को औपचारीक सरुवात इस्वी सम्वत २६९ रोमबाट सुरु भएको हो । यो दिवस संग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोम सम्राट क्लोडियस द्धितियले आफना सैनिकलाई विवाहमा रोक लगाएका थिए । त्यसै अवस्थामा सम्राटको नियम मन नपराउने रोमका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले सम्राट क्लोडियसको नियमलाई उल्लंघन गर्दै धेरै सैनिकको विवाह गराए । पछि उनलाई राजाको नियम नमानेको भन्दै मृत्युदण्डको सजाए सुनाइयो र संन्तलाई जेलमा राखियो । जेलमा संन्त भ्यालेन्टाइनको जेलरकि दृष्टिबिहीन छोरीसंग प्रेम बस्यो । पछि उनले आफना दुबै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेबृअरी १४ मा मारीएको हुदा , यहि दिनको सम्झनामा संन्त भ्यालेन्टाइनले प्रेमको लागी गरेको त्याग र बलिदानको सम्झना गर्दै , विश्वभर हरेक वर्ष १४ फेबृअवरीमा प्रेम दिवस मनाउने गरीएको हो ।

 पश्चिमेली मुलुकबाट आएका धेरै राम्रा नराम्रा कुराहरुलाई हामीले अनुसरण गर्दै आएका छौ । प्रणय दिवसलाई पनी हामीले फलो गर्यौँ तर यसको सान्धर्भिकतामा भने हामी रहनै पर्छ । नेपाली सभ्यता , मर्यादा र परिवेश अनुकुल प्रेम दिवसलाई मनाउन सक्यौ भने प्रत्यकको मनमा गुलाब फुल्ने छ ।

प्रेम जिवन र जगत भन्दा टाढा रहन सक्दैन बढ्दो उमेर चढ्दोबैँस संगै विपरित लिङगीबिच प्रेमको टुसा उम्रिन थाल्छ । त्यो टुसालाई सामाजिकरण गर्दै उचित वातावरणमा बढ्ने फुल्ने र फल दिने बनाउन सक्नुपर्छ । यदि प्रेम गर्नेहरुले त्यसको हेरविचार गर्न सकेनन् भने प्रेम कुनै पनि बेला मर्न सक्छ । त्यसैले प्रेम होस गुमाएको बेला जोेडिने सम्बन्ध होईन । प्रेम आकर्षणमा नभई बास्विकतालाई बुझेर गर्न आवश्यक छ । अन्तमा , तपाईको जिवन प्रेममय रहोस, हरेक सम्बन्धहरु दिगो र चिरस्थायी बनुन्  प्रेम दिवसको सबैलाई शुभकामना ।

प्रतिकृया दिनुहोस