'मेराे कार्यकालको पहिलो दिनमै आमेरिका 'टिपिपि' बाट बाहिरिन्छ -डाेनाल्ड ट्रम्प

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउसको आफ्नो पहिलो दिनमा ट्रान्स-प्रशान्त साझेदारी (टीपीपी) मा अमेरिकाको सहभागिताको अन्त्य गर्ने बताएका छन्।

ट्रम्पले एउटा भिडियो सन्देशमार्फ़त आगामी जनवरीदेखि ह्वाईट हाउसमा आफ्नो कार्यभार सम्हालेको पहिलो दिननै टिपिपीमा अमेरिकाको सहभागिताको अन्त्य गर्ने बताएका हुन्।

यस टिपिपी व्यापार सम्झौताका कारण अमेरिकाले धैरै रोजगारीहरू गुमाउनुपरेको धारणा ट्रम्पको छ। विश्वका १४ देशहरू बिच संयूक्त रूपमा भएको टिपिपी सन्धिले विश्वको ४० प्रतिशत अर्थतन्त्र ओगटेको छ।

जापान, मलेसिया, न्युजिल्याण्ड, अष्ट्रेलिया, क्यानाडा, मेक्सिकोलगायत १२ वटा मुलुकहरुले २०१५ मा टीपीपीमा सहभागीता जनाएका थिए।

रिपब्लिकनहरुले उक्त साझेदारीको बिरोध गर्दै आइरहेका थिए। भने डेमोक्र्याटबाट राष्ट्रपतिका लागि उम्मेद्बार बनेका बर्नि स्यान्डर्सले समेत टीपीपीको विपक्षमा आवाज उठाएका थिए।

 

प्रतिकृया दिनुहोस