निःशुल्क हावस वायरिङ् तालिम शुरु

तुलसीपुर २६ पुष/

दाङको तुलसीपुरमा निःशुल्क हावस वायरिङ् तालिम शुरु हुने भएको छ । स्वदेशमै स्वरोजगार गराउने उदेश्यले डायनमिक टेक्निकल कलेज तुलसीपुरले तालिम सञ्चालन गर्न लागेको हो । 

त्यसका लागि पुस १ गते देखी फाराम खुल्ला भईसकेको कलेजले जानकारी दिएको छ । 

कलेजका अनुसार माघ ३० गते सम्म फारम खुल्ला गरिएको छ । पहिलो चरणमा ८० जनालाई निःशुल्क तालिम दिईने छ । 

निःशुल्क हावसवाईरिङ तालिम लिनका लागि तुलसीपुर ५ घोराही रोड गुल्मचोक नजिक रहेको शोलुसन मल्टिप्रपोच प्रालिमा फाराम भर्न सकिने प्रालिका सञ्चालक लोकराज भण्डारीले जानकारी दिनुभयो । 

निःशुल्क रुपमा दिईने तालिमको अबशर नछुटाउन भण्डारीले सबैलाई आग्रह पनि गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस