अटोभिलेजको उद्ुघाटन,मेयर सहजकर्ता र बिद्युत हाकिम सम्मानित

तुलसीपुर उपमहानगरपालिकाको बसपार्क क्षेत्रमा अटो भिलेज सञ्चालनमा ल्याएको छ । गतबर्षदेखि निर्माण कार्य शुरु गरिएको अटोभिलेजको आज शनिबार नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको हो । बसपार्कदेखि दक्षिण तर्फको कमल पोखरी सामुदायिक बनको खाली भूभागमा आधुनिक अटोभिलेज निर्माण गरिएको हो । करीव ४ बिगाह क्षेत्रफलमा डेढ करोडको लगानीमा निर्माण गरिएको अटोभिलेजमा २ सय बढी ब्यबसायीहरुले ब्यस्थीत ब्यबसाय गर्ने छन् । बस, ट्रक, ट्याक्टर, जीप, कार, निर्माण कार्यमा प्रयोग गरिने ठुला तथा साना मेसीन लगायतको मर्मत कार्यका लागि उक्त अटोभिलेज प्रयोगमा ल्याएको हो । बिगतमा अब्यबस्थीति रुपमा ब्यबसाय सञ्चालन भई रहेको अटो मेकानिक्सहरु अब एकैठाँउमा ब्यबस्थीत रुपमा सञ्चालनमा ल्याएको हो । तुलसीपुर उपहानगरपालिकाको वडा नम्वर ६ र वडा नम्वर ९ को भूभागमा अटोभिलेज निर्माण गरिएको छ । पातुखोला बिचमा पर्ने दुवै किनारालाई ब्यबस्थीत र सुरक्षीत भूभाग बनाई त्यसमा घर टहराहरु निर्माण गरिएको छ । अटोभिलेजका लागि जग्गा छनौटमा निकै समस्या भई रहेको सन्र्दभमा उक्त स्थानलाई उपयुक्त भएको भन्दै सहमतिको प्रयास शुरु गरिएको थियो । तर दक्षिण क्षेत्रका केही गाँउमा सिचाई हुने कुलो र बाँध,कमलपोखरी सामूदायीक बन,टोल विकास संस्था लगायतको बिबादका निर्माण कार्य अगाडी बढ्न सकेको थिएन । संबाद समूह क्षेत्रीय सचिवालयले उक्त समस्यालाई संबाद प्रकायबाट ब्यबस्थापन गरेपछि अटोभिलेज निर्माण समितिले निर्माण कार्यले तिव्रता दिएको हो ।
तुलसीपुर अटोभिलेज निर्माण तथा ब्यबस्थापन समितिको आयोजनमा अटोभिलेज र सभाहलको उद्घाटन गरिएको हो । निर्माण समितिका अध्यक्ष टोपबहादुर महतराको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा आयोजित अटोभिलेज तथा सभाहल उद्घाटन कार्यक्रममा नगरप्रमुख पाण्डेले यसक्षेत्रमा स्वच्छ वातावरण बनाई राख्न आबश्यक योजना बनाउन आग्रह गर्नुभएको छ । त्यस्तै ब्यबसायी तथा मजदुरको स्वास्थ्य सुरक्षा र भौतिक पूर्बाधार तथा यस क्षेत्रको विपत सुरक्षालाई बिशेष ध्यानमा राख्दै आबश्यक योजना बनाउनुपर्ने सुझाब दिनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य,नेपाल अटो ईन्जीनिरिङ एशोसियसनका केन्द्रिय अध्यक्ष यामप्रसाद भुषाल, तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने, वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकाल,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत,तुलसीपुर उपमहानगरपालिकाका ईन्जीनियर पवन योगी लगायतले सुन्दर तुलसीपुर स्मार्ट तुलसीपुरका लागि ब्यबस्थीत अटो भिलेजले थप सुन्दर बनाउने भन्दै खुसी ब्यक्त गर्नुभएको थियो । सो अवसरमा अटोभिलेज निमार्ण कार्य सम्पन्न गर्न सहयोग गर्नुहुने नगरपू्रमुख घनश्याम पाण्डे,नेपाल बिद्युत प्राधिकरण तुलसीपुर शाखाका प्रमुख दीपकजंग चौधरी र संबाद समूह प्रदेश नम्वर ५ का बरिष्ठ सहजकर्ता सुशील बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पदम पोख्रेल र सहजीकरण सचिब कमल गौतमले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस