दाङ सिमेन्ट प्रालिले सम्झौता विरुद्वमा काम गरेको भन्दै स्थानीयहरुको विरोध

तुलसीपुर ११ चैत/

पश्चिम दाङमा सञ्चालन हुन थालेको दाङ सिमेन्ट प्रालिले विगतमा स्थानीयहरुसँग गरिएको सम्झौता विरुद्वमा काम गरेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । 

स्थानीय समुदायलाई नै थाहा नदिएर एकलौटी ढंगकले सिमेन्ट उद्योगले काम गर्न थालेको उद्योग प्रभावित क्षेत्र संघर्ष समितिका संयोजक भीमकान्त भुसालले जानकारी दिनुभयो । उद्योगले दाङको साविक पुरन्धारा गाविस र सल्यानको साविक काभ्रा गाविसमा पर्ने तिते लेकबाट चुनढुङ्गा उत्खनन् कार्य सुरु गरेको छ । 

विगतमा काम गर्दा सल्यानको काभ्रा गाविस र दाङको साविक पुरन्धारा, पञ्चकुले र बाघमारे गाविसलाई उद्योगले गर्ने काम र स्थानीयहरुको स्वास्थ्यमा कम प्रभाव पार्नेगरी काम थालनी गर्ने भनेतापनि एकलौटी ढंगले स्थानीय केही राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारेर काम थालेको छ । 

उता संघर्ष समितिले चैत्र १२ गते प्रभावित साविक सम्पूर्ण गाविसका स्थानीय, उद्योग वाणिज्य संघ, खानेपानी तथा सरसफाई उपभोक्ता समिति , सिचाई समितिसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागिताका लागि संघर्ष समितिका संयोजक भीमकान्त भुसालले सबैमा आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस