हिन्दु राष्ट्रको माग गर्दै राप्रपाको ज्ञापन पत्र

राष्ट्रिय प्रजातन्त्र पाटीले दाङ लगायत देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत २२ बुँदे ज्ञापन पत्र नेपाल सरकारलाई बुझाएको छ । हिन्दु राष्ट्र कायम राख्नुपर्ने लगायत ती माग सहितको ज्ञापन पत्र  राप्रपाले प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको राप्रपाका केन्द्रिय सदस्य तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । उक्त पार्टीले एक दशकभन्दा बढी समयदेखी मुलुकमा हिन्दु राष्ट्र फर्काउन जोडतोडका साथ आवाज उठाईरहेको छ ।दाङका प्रमुख जिल्ला अधिकारीलाई पार्टीका जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत,केन्द्रिय सदस्य तेजबहादुर बस्नेत,क्षेत्रिय अध्यक्ष नरबहादुर बुदाथोकी,गेहेन्द्र बस्नेत, उमाकान्त भण्डारी,लालबहादुर केसी,जिल्ला उपाध्यक्ष भुपाल रावत,महिला सदस्य गिरिजा चौधरी, बिमला घर्ती, मोहन बस्नेत, सम्झना डाँगी,  भानु केसी, बेदप्रकाश डाँगी लगायतको सहभागितामा  २२ बुँदे ज्ञापन पत्र राप्रपाको तर्फबाट बुझाएको थियो ।

प्रतिकृया दिनुहोस