आगलागीबाट ८ घर गोठ जलेर नष्ट

दाङ,१३ बैशाख

दाङको वङ्गलाचुली गाउँपालिका ४ तापामा आज वुधवार आगलागि हुँदा ८ घर गोठ जलेर नष्ट भएको छ । स्थानीय ऋषिराम वली, खगेश्वर आग्री, बाधु वहादुर आग्री र अमृत परियारको घर र गोठ आगोले जरेर नष्ट भएको हो ।

बाधुराम आग्रीको गोठबाट सल्कीएको आगोले अन्य घरमा समेत क्षति भएको स्थानिय दिपक परियारले जानकारी दिनुभयो । आगो कसरी लाग्यो भन्ने वारेमा खुल्न सकेको छैन् । आगलागी वाट मानविय क्षति नभए पनि केही वस्तुभाउहरु जलेको वताईएको छ । स्थानिय र प्रहरी चौकी कमिरेचौर वाट गएका प्रहरीहरुले आगोलाई नियन्त्रणमा ल्याएका छन् ।

 

 

प्रतिकृया दिनुहोस