कुमाल समुदायका युवायुवती, आधुनिक सीपका साथ माटोको भाडा बनाउदै

दाङ,१९ बैशाख  

 

माटाको भाडा परम्परागत रुपमा बनाई जीवन निर्बाह गर्दै आएका कुमाल समुदायहरु कलात्मक बनाई ब्यबसायीक बन्न लागेका छन् । तुलसीपुरबजार नजीकैको पर्सेनीगाँउमा बस्दै आएका उनीहरुले माटोको भाडालाई कलात्मक बनाउन जुटेका प्रेसनी कुमाल गाँउका प्रेम कुमालले बताउनुभयो ।

कुमालका अनुसार परम्परागत रुपमा बनाउदै आएका भाडाहरु कम बिक्रि हुने र बनाउदा झन्झटीलो भएकाले पनि उनीहरुले बैकल्पीक ब्यबसाय उन्मुख हुदै थिए । बाजेबराजुले गर्दै आएको माटाको भाडा बनाउने सीप प्रति युवायुवतीको भने कुनै पनि चासो थिएन । उनीहरुले ब्यबायीक तरकारी खेति तथा कृषि पेशा,पसल,रिक्सा सञ्चालन लगायतका बैकल्पीक पेशा अगाल्न शुरु गरेका थिए । तर गरिवी निवारण लगायत केही अन्तराष्ट्रिय संघ सस्थाले उनीहरुको परम्परागत पेशालाई कलात्मक बनाउने र बजारीकरण गराउन सके अन्तराष्ट्रिय बजारमा समेत दाङको माटोले बनाएको भाडाले राम्रो मूल्य पाउन सक्ने गरि प्रोत्साहीत गरेपछि उनीहरु पुनः पुरानै ब्यबसाय र पेशामा फर्केका हुन । प्रर्सेनीको कुमाल गाँउमा मात्र ६० घरधुरी कुमाल बस्ती छ भने आधा भन्दा बढी घरपरिवारले माटोको भाडाको काम गर्दै आएका छन् । चिम्ट्यालो माटो भाडा बनाउदा आबश्यक पर्ने भएकाले पनि भनेको जस्तो माटो नै नपाउने,बनाएका माटाको भाडालाई पकाउन दाउरा नपाईने र बजारको पनि ब्यबस्था हुन नसक्दा निरास भएका कुमाल समुदायका पौढ मात्र होईन युवायुवती समेत यो पेशा तर्फ हौसीएका छन् । उनीहरुले थारु समुदायले पुजा गर्ने माटाको कलात्मक सानो साईजको घोडालाई २ सय ५० रुपैया,पानी खाने घैटा २ सय , करुवा २५ रुपैया,मदिरा बनाउन प्रयोग गरिने पैनी ५ सय देखि १ हजार सम्म,दियो बाल्ने पाला ५ रुपैया,गमला सानो ६० रुपैया र कलात्मक गमला १५ सय सम्म प्रति गोटा,मकै भुट्ने हाडी एक सय,फुलदानी सानो ५०,पानी खाने सुरही २ सय सम्म बिक्रि हुने गरेको कुमालले जानकारी दिनुभयो । पर्सेनीका कुमाल समुदायलाई माटोका भाडा बनाउन आधुनिक सीप अभिबृद्धि सम्बन्धी १२ दिने तालीम आज मंगलबारदेखि कुमालगाँउमै शुरु गरिएको छ । गरिवी निवारण कोषको आर्थिक सहयोग र जन उत्थान विकास समिति दाङको आयोजनामा तुलसीपुर उपमहानगरपालीका पर्सेनी कुमाल गाँउका ३० जना युवायुवतीलाई माटोको भाडा डिजाईन सम्बन्धी तालीम आज मंगलबारदेखि शुरु गरीएको हो । तालीममा माटोको प्रयोग,माटाको भाडाको कलात्मक, केमीकल प्रयोग,परम्परागत सीपलाई पुस्तान्तरण हुने गरि सीप अभिबृद्धि गरिने प्रशिक्षक गोपाल दास श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार कलात्मक भाडा बनाउन सके त्यसको मूल्य पनि बढी पाईने र आकर्षक बनाउन सके अन्तराष्ट्रिय बजारमा समेत पुग्न सक्ने भएकाले परम्परागत सीपलाई आधुनिकरण गर्दै पुस्तान्तरण गरिने छ ।

कुमाल गाँउ शान्ति माटो भाडा उत्पादन समूहका अध्यक्ष प्रेम कुमालको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा गरिवीनिवारण कोष अन्तर्गतका कार्यक्रम प्रबन्धक किरण केसी,पत्रकार सुशील बस्नेत लगायतले आम्दानीको श्रोत,बजारीकरण र माटोको भाडाको आर्कषण बढाउने बिषयमा ध्यान दिनुपर्ने सुझाब दिनुभएको छ ।

उद्घाटन कार्यक्रमको सहजीकरण जनउत्थान विकास केन्द्र घोराहीका कार्यक्रम अधिकृत गणेश वलीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस