झण्डै ९ करोडमा फ्लोर मिल सञ्चालन

तुलसीपुर,२१ असार

तुलसीपुरमा झण्डै ९ करोडको लगानिमा फ्लोर मिल सञ्चालनमा आएको छ । तुलसीपुर ६ एरपोर्ट नजीक कम्पनीको आज बुधबार औपचारीक कार्यक्रमका बिच सांसद डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुभएको   हो । राप्ती फ्लोर मिल्स प्रा.लि.को ८ करोड ९१ लाख९६ हजार ५ सय २६ रुपैया लगानीमा सञ्चालनमा ल्याईएको चेयरमेन डिल्लीबहादुर बस्नेतले जानकारी दिनुभयो । मिलमा भौतिक पूर्बाधार निर्माणका लागि ४ करोड २२ लाख,४७ हजार ४ सय ४०,मेसीनरी ४ करोड ४९ लाख ४९ हजार ८६ र बिबिध २० लाख लागत खर्च भएको मिलका डाईरेक्टर बिश्व बस्नेतले जानकारी दिनुभयो ।

मिलले दैनिक ८० टन गँहु खपत गर्ने र त्यसबाट २ सय ८० क्विन्टल आटा र त्यसको २० प्रतिसत चोकर लगायत उत्पादन गरिने मिलका निर्देशक टेकनप्रसाद बस्नेत हिमालले जानकारी दिनुभयो । तुलसीपुरमा यसअघि भोग आटा उद्योग सञ्चालनमा आईरहेको छ ।

प्रतिकृया दिनुहोस