उद्योगको हव तुलसीपुरलाई बनाउनु पर्छ ः सांसद चौधरी

दाङ,२१ असार

 

सांसद डिल्लीबहादुर चौधरीले तुलसीपुर क्षेत्र उद्योगको हव बनाउनु पर्ने बताउनुभएको छ ।  राप्ती फ्लोर मिल्स प्रा.लि.को आज बुधबार तुलसीपुरमा उद्घाटन कार्यक्रममा उहाले गरिव किसानको आर्थिक सम्बृद्धिका लागि उद्योगको हवले टेवा पुग्ने बताउनुभयो । तर नीजि लगानीकर्ताहरुको सुरक्षा अपरिहार्य छ, उहाले भन्नुभयो । सरकारले लगानी र भौतिक सुरक्षा ग्यारेण्टी लिनुपर्छ, सांसद चौधरीको जोड छ । उहाले प्रष्ठित ब्यबसायी राजकुमार श्रेष्ठको हत्याको घटनाले पनि ब्यबसायीहरु त्रासदीपूर्ण अबस्थामा रहेका बताउनुभयो । श्रेष्ठ अपहरण र हत्या,रत्नबहादुर वलीको रहस्यम मृत्यु, देबिप्रसाद धिताल हेमराज काण्ड र मेनपावर ब्यबसायी जागेश्वर वली जेडि हत्याकाण्ड श्रृखलाबद्ध घटना हुन,यस्ता आपराधिक घटना न्यूनिकरण गर्न राज्यले टाक्सफोर्स गठन गर्नुपर्छ उहाको सुझाब  छ । 

त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत आइजी,डिआईजी लगायत सग कुरा भई रहेको उहाले  बताउनुभयो । सो अबसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल,ब्यबसायी जनक खराल,तुलसीपुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष चिरिञ्जीबि रिजाल लगायतले लगानी र ब्यबसायीहरुको भौतिक सुरक्षाको माग गर्नुभयो । त्यसअबसरमा तुलसीपुर उपमहानगरपालीकाका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाह,वडा नम्वर ६ का वडा अध्यक्ष नवराज लामिछाने,वडा नम्वर ११ का वडा अध्यक्ष चित्रबहादुर वली,वडा नम्वर ११ का वडा सदस्य निरमा चौधरी, उपमेयरका प्रत्यासी देबीका नेपाली लगायतले ब्यबसायीको लगानी र भौतिक सुरक्षा गर्दै आर्थिक सम्बृद्धिका लागि वातावरण तयार गर्ने प्रतिबद्धता जनाउनुभयो । राप्ती फ्लोर मिल प्रालीका लगानीकर्ता डिल्लीबहादुर बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा पूर्ब मेयर ढुण्डीराज लामिछाने,नवील बैकका प्रमुख निरज राजभण्डारीले बोल्नुभएको थियो । कार्यक्रममा प्रालिका डाईरेक्टर बिश्व बस्नेतले कम्पनीको बारेमा जानकारी दिनुभएको थियो । निर्देशक टेकनप्रसाद बस्नेतले धन्यबाद ज्ञापन गरिएको कार्यक्रमको सञ्चालन सुशील बस्नेतले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस