वरिष्ठ कलाकार वि.एस राणाको ७८ वर्षको उमेरमा निधन

वरिष्ठ कलाकार वि.एस राणाको ७८ वर्षको उमेरमा  शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो  स्वासप्रस्वासमा समस्या आएपछि उनी करीब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए  अन्तिम समयमा उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले बताएको छ। 

वि.एस राणाको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ  सन् १९९९ साउनमा नरेन्द्रशम्सेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका उनलाई कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने गरिन्थ्यो  उनले १२ दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । 

वि.सं. २०४१ सालमा फिल्म 'अन्याय' बाट रजतपटको अभिनय यात्राराम्भ गरेका राणाले 'कोसेली', 'चिनो', 'दक्षिणा', 'दुई थोपा आँशु', 'नेपाली बाबु', 'करोडपति', 'अपराध', 'माया त माया हो', 'वसन्ती', 'देश', 'कसले चोर्‍यो मेरो मन', 'सेतो बाघ' लगायतका फिल्ममा आफ्नो निख्खर अभिनय कौशल देखाएका थिए । 

उनले 'सिद्धार्थ' र 'वसन्ती' चर्चित नाटकको निर्देशन समेत गरेका छन्  ललितपुरको बागडोल बासिन्दा उनी श्रीमती र दुई छोरीका साथ जीवन व्यतित गर्दै आइरहेका थिए  उनको अंग्रेजी लवज मिसिएको बोलिले सबैलाई लोभ्याउने गर्दथ्यो  उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । 

 

प्रतिकृया दिनुहोस