तुलसीपुरमा नेविसंघको मसाल जुलुस

नेपाल बिद्यार्थी संघले सरकारको बिरोधमा मसाल जुलुस प्रर्दशन गरेको छ । श्रृखलाबद्ध रुपमा अधिनायकबाद लाद्ने संकेत देखिएको भन्दै नेबिसंघ सडक संर्घषमा उत्रिएको हो । उसले सडकमा मसाल जुलस सगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने नेबिसंघ तुलसीपुर नगरकमिटिका अध्यक्ष राजीव पाण्डेले जानकारी दिनुभयो । आज बिहीबार बेलुकी तुलसीपुरमा मसाल जुलुस प्रर्दशन गरिएकोे पाण्डेले बताउनुभयो । नगर कमिटिका अध्यक्ष राजीव पाण्डेको अध्यक्षतामा भएको कोण सभामा नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती,नेविसंघका पूर्ब केन्द्रिय सदस्य युवराज खड्का,नेविसंघका कार्यबाहक जिल्ला अध्यक्ष टोपबहादुर बुढाथोकीले नेपाली काग्रेसका पूर्ब सभापति एबम पूर्ब प्रधानमन्त्रीद्धय गिरीजाप्रसाद कोईराला र सशील कोईरालाको नाममा स्थापना गरिएका दूई अस्पताललाई सरकारले खारेज गर्ने संकेत गरेको भन्दै बिरोध गर्नुभयो । उहाहरुले वाईडवडी प्रकरणका दोषीलाई कारर्बाही,प्राध्यापक डाक्टर गोबिन्द केसी सग गरिएको सम्झैता कार्यान्वयन,निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न दोषिलाई कारर्बाहीको माग गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेबिसंघका किरण केसीले गर्नुभएको थियो । भोली शुक्रबार नेबिसंघले घोराहीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन र मसाल जुलुस प्रर्दशन गर्ने तयारी गरेको नेबिसंघ दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस