निष्ठावान नेता बस्नेतको उपचारार्थ आर्थिक सहयोग संकलन शुरु

मृगौला रोगबाट पीडित नेपाली काग्रेस महाधिबेसन प्रतिनिधि तेजबहादुर बस्नेतको उपचारका लागि आर्थिक संकलन शुरु गरिएको छ । नेपाली काग्रेस क्षेत्र नम्वर ३ को पहलमा उपचारार्थ आर्थिक संकलन शुरु गरिएको क्षेत्रिय सभापति जगतबहादुर खडकाले जानकारी दिनुभयो । दुई वटै मृगौलामा समस्या आएपछि बस्नेत डेढ बर्षदेखि बिरामी पर्नुभएको छ । काग्रेस नेता बस्नेतको मृगौला प्रत्यारोपनका लागि आबश्यक पर्ने रकम संकलनका लागि आर्थिक संकलन अभियान शुरु गरिएको हो । राष्ट्रिय बाणिज्य बैक तुलसीपुर शाखामा नेपाली काग्रेस क्षेत्र नम्वर ३ ले खाता नम्वर ४१६००१०८४४१० सञ्चालन गरेको छ । उहाँको उपचारार्थ आर्थिक सहयोग गर्न ईच्छुक ब्यक्ति संघ संस्थाले उक्त खातामा आर्थिक सहयोग गर्न सक्ने क्षेत्रीय सभापति खड्काले जानकारी दिनुभयो ।  २०१० सालमा बिजौरीको सक्राममा जन्मनुभएका नेपाली काग्रेस महाधिबेसन प्रतिनिधि बस्नेतको राजनीतिक यात्रा २०२७ सालमा नेपाली काग्रेस पार्टीबाट शुरु भएको थियो ।तत्कालीन पञ्चायति ब्यबस्थाका बिरुद्ध राजनीतिक यात्रका क्रममा बस्नेत २०३० देखि २०३२ सम्म भारतमा निर्वासीत हुनुभएको थियो ।२०३२ सालमा नेपाल फर्किएका बस्नेतलाई तत्कान पञ्चायीत सरकारले २०३२ सालदेखि २०३४ सालसम्म ३ बर्ष जेल हालेको थियो । बिभिन्न समयमा उहालाई तत्काल पञ्चायती शाककले पटक पटक पक्राउ गरिको थियो । २०३६ सालदेखि २०४८ साल सम्म नेपाली काग्रेस जिल्ला कार्य समितिको सदस्य हुनुभयो । २०४८ सालदेखि ४ बर्ष कार्यकालको क्षेत्रीय सभापतिमा २ अवधि ,२ कार्यकाल महासमिति सदस्य र हाल नेपाली काग्रेस महाधिबेसन प्रतिनिधिमा हुनुहुन्छ ।क्षेत्रीय सभापति खड्काका अनुसार जिवनको लामो राजनीतिक यात्रामा कुनैपनि लाभको सुबिधा प्राप्त नगरेका बस्नेत राजनीतिक निष्ठा,निडर र कुशल नेतृत्वकर्ताका रुपमा आफ्नो छवी बनाउनुभएको नेता हुनुहुन्छ । 
 

प्रतिकृया दिनुहोस