ऐन प्याव्सनको वृहत खेलकुद सम्पन्न




राष्ट्रीय निजि तथा आवासीय विद्यालय एसोसीयसन नेपाल एन प्याव्सन दाङको आयोजनामा दाङको तुलसीपुरमा शुक्रवारदेखि भएको ३ दिने बृहत खेलकुद प्रतियोगीताको आज समापन गरिएको छ । 
शुक्रबारदेखि शुरु भएको नृत्य,फुटशल,झाकी जुलुस,हिसाव दौड,१ सय र २ सय मिटर छात्र छात्रा दौड प्रतियोगीता सम्पन्न भएका छन् । जसमध्ये नृत्य तर्फ डिभाइन टेम्पल एकाडेमी प्रथम,राप्ती बाल एकाडेमी दितिय,श्रीगाउँ लाइफ भिजन तृतिय र सम्राट इङलिस बोडिङ् स्कुल सान्त्वना भएका थिए भने झाकि जुलुस तर्फ श्रीगाउँ लाईफ भिजन स्कुल प्रथम , डिभाईन टेम्पल द्धितिय , सम्राट ईगलिश स्कुल तृतिय र राप्ति बाल एकाडेमि सान्त्वना भए । त्यस्तै फुटसल तर्फ, सगरमाथा बोडीङ स्कुल प्रथम , ज्ञानज्याती मावी द्धितिय , जनप्रिय ईगलिश स्कुल तृतिय र लोकप्रिय बिद्या मन्दिर सान्त्वना भएका हुन । त्यसैगरि एक सय मिटर छात्र दौड प्रतियोगितामा लोकप्रिय बिद्यामन्दिरका कृष्ण रावत प्रथम , ज्ञानज्योति माविका हरि वुढा मगर द्धितिय , जनप्रियका हेमराज केसि तृतिय र मिडवेष्ट प्वाईन्ट एकेडेमिका शिवराज डाँगी सान्त्वना ह्ुनुभएको छ । 
छात्र एक सय मिटर दौाड प्रतियोगितामा मिडवेष्ट प्वाईन्टका मोनिका विष्ट प्रथम , शिखा सेकेन्डरि स्कुलका सुष्मा डागि द्धितिय,लोकप्रियका जानकि रेउले तृतिय र सम्राट ईगलिश स्कुलका चाहना जैसवाल सान्त्वना हुनुभयो । त्यसैगरि दुई सय मिटर छात्र दौडमा शारदा बिद्या मन्दिरका रन्जीत नेपाली प्रथम ,लोकप्रियका राम कृष्ण वुढाथोकि द्धितिय,राप्तिबाल एकाडेमिका सागर विक तृतिय र वालसहारा ईगलिश स्कुलका विरजन शेपाईली सान्त्वना हुनुभयो । दूइ सय मिटर छात्रा तर्फ मिडवेष्ट प्वाईन्टका अञ्जना वुढाथोकि प्रथम ,ज्ञानज्योति माविका प्रतिक्षा भण्डारि द्धितिय , राप्तिबाल एकाडेमिका सुस्मीता भुसाल तृतिय र शिखा स्कुलका सुष्मा भुसाल सान्त्वना हुनुभएको छ । त्यसैगरी हिसाव दौड प्रतियोगिता तर्फ हिमालय स्कुलका विमला न्यौपाने प्रथम , लोक प्रियका आभाष आचार्य द्धितिय , हाईलाईटका गिरिराज केसी तृतिय र श्रीगाउँ लाईफ भिजनका शान्ति चौधरी सान्त्वना हुनुभयो । एन प्याव्सन दाङमा आवद्ध भएका जिल्लाका दुई दर्जन वढि स्कुलहरुको सहभागिता रहेको वृहत खेलकुद प्रतियोगिताका बिजयी खेलाडिहरुलाई ट्रफि ,मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । एन प्याब्सन दाङका अध्यक्ष भीमबहादुर बुढाथोकी,राष्ट्रिय सभासदस्य कोमल वली र एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोधकुमार डाँगीको बिशिष्ट आतिथ्यमा प्रतियोगीताको सम्पन्न भएका थिए । 
एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बिमल गौतमको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा धन्यबाद मन्तव्य उपाध्यक्ष भोजराज न्यौपानेले गर्नुभएको थियो भने संचालन सचिव ठाकुर प्रसाद डागिले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस