६ महिनाको अवधिमा ६६ जनाको मृत्यु

दाङमा दुर्घटना न्यनिकरणका लागी विभिन्न उपायहरु अपनाइए पनी  अपेक्षाकृत रुपमा न्यनिकरण हुन सकिरहेको छैन । 
पछिल्लो समय जिल्लामा दुर्घटना अझै वढ्दो क्रममा रहेको छ । चालू आर्थिक वर्षको हालसम्म जिल्लामा १ सय ३४ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरले ती दुर्घटनामा परी ११० जना गम्भीर घाइते भएको जानकारी दिनुभयो । सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ६९, बस १८, ट्र्याक्टर १५, जीप तथा कार १४ रहेका छन् । 
त्यस्तै टेम्पो सात, ट्रक छ र टिपर दुई रहेका छन् । गत वर्ष सो अवधिमा ९५ वटा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीले चालु आवको हालसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १६ हजार ७८१ जना चालकलाई कारवाही गरेको छ । 
यस अवधिमा मोटरसाइकलका ६ हजार ५ सय ५५, बसका २ हजार ६, जीपकार २ हजार ५२, ट्याक्टर १हजार ९ सय ९४, टेम्पो ६ सय ८१, ट्रक तथा ट्रिपर ३ हजार ४ सय ९३ का सवारी चाचलकालाई कारवाही गरिएको थियो । कारवाही स्वरूप एक करोड दुई लाख ३३ हजार राजश्व सङ्कलन गरिएको टाफिक प्रहरी निरीक्षक कुँवरले जानकारी दिनुभयो । 
माघ ६ दाङ

प्रतिकृया दिनुहोस