मेला हेर्न गएका बिरेन्द्र मृत अबस्थामा भेटिए

रोल्पा नगरपालिका वडा नं. ७ स्थित बिरेन्द्र बि.कको शव फेला परेको   छ । सोही नगरपलिका ६ का तुलाराम बि.क.का १४ बर्षीय बिरेन्द्र बि.कको रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । माडीचौरमा लागेको मेला हेर्न पुष ३ गते घर बाट साथीहरू संग बिरेन्द्र जानुभएको परिवारले जनाएको छ । हिजो शनिबार बिहान स्थानियले गाउको नहरकुलोमा मृत अबस्थामा फेला पारेको खबर गरेपछी प्रहरी घटना स्थल पुगेको थियो । तर मृतकको घर परिवार पत्ता लगाउन वरपरका मानिसहरू संग सोधपुछ गर्दा दिनभर सम्म कुनै पनि ब्यक्ती सम्पर्कमा आएका थिएनन । उक्त घटना सुनेको आधारमा हिजो साझ बिरेन्द्रकी आमा सुना बि.क अस्पताल पुगी छोराको शब पहिचान गर्नुभएको थियो । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक दिपक खड्काले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस