भरुवा बन्दुक र जंगली जनावारको अंग सहित एक ब्यक्ति पक्राउ

शान्तिनगर गाउपालिका वडा नम्वर ४ जुम्लेकुलाका हरि बहादुर रास्कोटीलाई बरुवा बन्दुक सहित पक्राउ गरेको छ । भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको सुचनाको आधारमा प्रहरी चोकी चिराघाट प्रहरीले खोजतलास गर्दा २ नाल भरुवा बन्दुक र जंगली जनाबर बदेलको जस्तो देखिने घुँडामुनिको दुई बटा खुट्टाको भाग समेत फेला पारिएको दाङ प्रहरीले जनाएको छ । राजकोटीलाई पक्राउ गरी हात हतियार तथा खरखजाना सम्बन्धी  कसुरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस