देश विदेश मा चर्चा बटुल्दै प्रमेस केसी

दाङ /फाल्गुन ९ ,निराजन डागी 

हाल अस्ट्रेयामा रहँदै आएका नेपालगन्ज–१३ शान्तिनगरका प्रमेस केसीले मोडलिङ गरेको कन्दरा ब्यान्डको  हिमाल मुनि नामक गीत सार्वजनिक भयको छ।आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा नेपालको मनमोहक दृश्यसँगै अस्ट्रेलियाको मेलबर्नको दृश्य समेत समेटिएको छ । सल्यानको कोटमाैला मा जन्मियका प्रमेस हाल अस्ट्रेयामा रहेका थिय । उनलाई मोडलिङमा आस्था काफ्लेले साथ दिएकी छिन् ।

हिमाल मुनिमा विवेक श्रेष्ठको आवाज, सुनिल थापाको शब्द/सङ्गीत तथा अल्मोडा राना उप्रेतीको अरेन्ज रहेको छ । हिमाल मुनि नामक गीत भेडी गोठैमा नामक अल्बममा समावेश रहेको छ । एकदमै सुन्दर दृश्यहरू कैद गरिएको म्युजिक भिडिओ जीवन रसाइलीले तयार परेका हुन् ।

 

सानै उमेरमा विभिन्न क्षेत्रमा अव्वल रहेका प्रमेसको मोडलिङ क्षेत्रमा पनि रुचि एकदमै रहेको छ । चर्चित संचारकर्मीहरु राजिब के.सी , निराजन डागी र कल्पना आचार्य  का भाई तथा देवर समेत रहेका प्रमेसले यो  भिडियो सार्बजनिक भय संगै देश विदेश मा चर्चा बटुल्न सफल भयका छन ।

प्रतिकृया दिनुहोस