दुई परिवारको घर गोठमा आगलागी, लाखौको क्षति

पुर्वि दाङ बंगालचुली गाँउपालिका वडा नम्वर ७ का दुई परिवारको घर र गोठामा आगलागी भएको छ । आगलागीबाट झण्डै १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बंगालचुली गाउँपालिका ७ श्रीखर्कका  देबराज पुनको घरमा आगलागी हुदा, लत्ताकपडा, अन्नपात, भाडावर्तन र सुन  आदी तोला समेत गरी ६ लाख ८० हजार बरबारको क्षति भएको छ । देवराजका छोरा गोपाल पुनको घरगोठमा आगलागी हुदा अन्नपात, लत्ताकपडा, भाडावर्तन,सुन एक तोला, सोलार, नगद २५ हजार समेत गरि ७ लाख ९३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभएको छ । आगलागिवाट मानबिय तथा चौपायामा क्षती नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस