सकारात्मक सोचले आचारण परिर्वतन हुन्छ

सुखी जीवन स्वस्थ्य समाजका लागि उत्प्रेरण कार्यक्रम आज शुक्रबार तुलसीपुरमा भएको छ । तुलसीपुर उपमहानगरपालिका तथा ब्रह्याकुमारी ईश्वरीय बिश्वबिद्यालय राप्तीको संयुक्त आयोजनमा सकारात्मक सोचका बिषयमा प्रशिक्षण दिएको थियो । ब्रह्माकुमारीका सञ्चालीका गिता दिदीको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक प्रमुख माया आचार्यको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुदै कार्यबाहक प्रमुख आचार्यले सकारात्मक सोचले मानसीक स्वस्थ्य हुने बताउनुभयो । यदी मानिसको मानसिक रुपमा स्वस्थ्य हुन सके मानिस स्वस्थ्य हुने बताउनुभयो ।त्यसअवसरमा प्रशिक्षक रमण भट्टराईले मानिसलाई कसरी उत्प्रेरक बनाउन सकिन्छ, उत्प्रेरक बन्नका लागि चाहिने टिप्पस,सकारात्मक सोचबाट हुन सक्ने परिर्वतनका बिषयमा प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, अधिकारकर्मी, पत्रकार, नागरिक समाज, बिद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रममा स्वागत मन्तब्य अनिता र सहजीकरण शिवलालले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस