ट्विकलले शेयर गरिन् बर्थडे ब्वाई अक्षय कुमारकोक्यूट भिडियो

बलिउड ‘खेलाड़ी’ अक्षय कुमार ५० वर्ष पूरा भएका छन्।

तर उनको व्यवहाराले उनलाई ५० वर्ष पुरा भएको देखिन्न। हालै सार्वजनिक भएको एउटा भाइरल भिडियो अनुसार उनी आफ्ना बच्चाका साथ आफैं पनि बच्चा जस्तै छन्।

अक्षय कुमारकी पत्नी तथा अभिनेत्री-प्रोड्युशर ट्विङ्कल खन्नाले उनको एक भिडियो सोशल मिडियामार्फत सेयर गरेकी छन् जसमा अक्षय पुरै मस्ती गरिरहेको देखिन्छ।

भिडियोमा अक्षय एक बच्चाको इच्छा अनुसार फेस एक्स्प्रेशन गरिरहेका छन्। हास्ने, रूने र नपाएमा दुःखी हुने अनि रोइदिने।

यो क्युट भिडियोमा अक्षयलाई पनि क्युट देख्न सकिन्छ। ट्विङ्कलले भिडियोको क्याप्सन लेखेकी छन्- मेरो सबैबन्दा असल मित्र, संसारको सबैभन्दा राम्रो मान्छे। साथमा असल पिताको जन्मदिनको धेरै धेरै शुभकामना।

प्रतिकृया दिनुहोस