प्रदेश ५ सरकारले खरिद गरेका गाडिको अनियमिता छानविनका लागि समिति गठन

एउटै गाडी फरक–फरक मूल्यमा खरिद गरेको भेटिएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले आफुले प्रयोग गरेको गाडी फिर्ता गर्नुभएको छ । अनियमियता छानविनका लागि सहजका लागि सभापति चौधरीले प्रयोग गरेको लु १ घ ४४१ नम्वरको सरकारी गाडी आज शुक्रबार फिर्ता गर्नुभएको हो । प्रदेश ५ सरकारले गरिद गरेका गाडी खरिद प्रक्रियामा अनियमिताका सम्बन्धमा छानवीन गर्न ३ सदस्यीय समिति आज शुक्रबार गठन गरिएको छ । सार्वजनीक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीको अध्यक्षतामा आज शुक्रबार बसेको बैठकले प्रदेश सभा सदस्य कुलप्रसाद पोख्रेल (नेकपा),कल्पना पाण्डे ( राजपा) र बैद्यनाथ कलवार(नेपाली काग्रेस) प्रदेश सभासदस्य छानविन समितिको सदस्य हुनुहुन्छ । ३ सदस्यीय छानविन समितिले माघ ४ गतेको बैठकमा प्रतिबेदन बुझाउने सभापति चौधरीले जानकारी दिनुभयो ।प्रदेश सभा र मन्त्रालयले खरिद गरेका १५ गाडी एउटै कम्पनी र मोडलका भए पनि खरिद मूल्य तीनथरी भेटिएपछि अनियमितताको शंका गरिएको हो । प्रदेश संसद्को सार्वजनिक लेखा समितिले छानबिनका लागि प्रदेश सभाले खरिद गरेका ११ र मन्त्रालयले खरिद गरेका ४ गाडीको फाइल मगाएको छ । केही मन्त्रालयले बिहीबारसम्म फाइल बुझाइ सकेका छन । प्रदेश सभाले ७१ लाख ९५ हजारमा खरिद गरेको टाटाको स्ट्रोम गाडी कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजारमा किनेको थियो । सोही गाडी उद्योग मन्त्रालयले ७२ लाख ४२ हजारमा खरिद गरेको हिसाब देखाएको छ ।

प्रतिकृया दिनुहोस