२ सय ९७ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज

२ सय ९७ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज शुक्रवार दाङ लगाएत देशैभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ ।
घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन् । राज्य सन्चालनका क्रममा सुशासनप्रति मननीय दिव्य उपदेश दिने व्यक्तित्व पृथ्वी नारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा मनाउन लागिएको   हो ।
वर्तमान सरकारले दिवसको अवसरमा सार्वजनीक बिदा भने दिएको छैन । २०६२÷०६३ सालको जनआन्दोलनका सफलतापछि सरकारका तर्फबाट एकता दिवस मनाइएको थिएन । तर २०७४ मंसिर १४ गतेको मन्त्रिपरिषद्को वैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 
पृथ्वीनारायण शाह राजा भएकै कारण उहाको सम्झना गर्नु आवश्यक छैन भन्दै २०६३ को परिवर्तनपछि बिदा दिने चलन हटाइएको थियो ।
राष्ट्रिय एकताका धरोहर,दूरदर्शी व्यक्ति पृथ्वी नारायण शाहलाई राजा भन्दा पनि देश निर्माताका रुपमा सम्झने गरिन्छ ।
विक्रम सम्वत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा स साना राज्यलाई जोडेर राज्य विस्तारका क्रममा नेपाल एकीकरण गर्नुभएको थियो । 
राष्ट्र निर्माता  पृथ्वीनारायाण शाहले नेपाल दुई ढुंगा बीचको तरुल भनेर परराष्ट्रनीति प्रतिको दृष्टिकोण पनि राखेका थिए । 
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय प्रजातान्त्र पार्टी प्रजातान्त्रीक,शिब सेना नेपाल लगायत पार्टी संघ संगठनले दाङका बिभिन्न स्थानमा राष्ट्रिय एकता दिवस मनाउदैछन्  ।
 

प्रतिकृया दिनुहोस