संबिधान कार्यान्वयनमा अझै चिन्तीत छु ः पुर्व राष्ट्रपति यादब

गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डाक्टर रामबरण यादबले बर्तमान संविधान कार्यान्वयनमा चिन्ता ब्यक्त गर्नुभएको छ । रिपोर्टस क्लब दाङले आज बिहिवार टरीगाँउ बिमान स्थलको यात्रुकक्षमा गरेको पत्रकार सम्मेलनमा डाक्टर यादवले भन्नुभयो,संविधान कार्यान्वयनमा चिन्ता ब्यक्त गर्नुभयो । मुलुकका बिभिन्न स्थानमा गई संविधान कार्यान्वयनमा जोड दिदै आएको बताउनुभयो । यसो गर्दा सरकारलाई केही न केही दबाव पुग्ने छ भन्ने आशा लिएको छु “ पुर्व राष्ट्रपति यादवले भन्नुभयो ।उहाले संविधानको अक्षरस कार्यान्वयन हुनुपर्नेछ धारणा राख्दै  मुलुकलाई सहि ढङ्गबाट सञ्चालन गर्न पनि संविधान कार्यान्वयन हुनुपर्छ भन्ने आम जनताको आशा र भरोसा जस्तै मेरा पनि चाहाना त्यहि हो दोह्याउनुभयो ।पुरानै पेशामा फर्कन लागेको बिषयमा उहाले भन्नुभयो म चिकित्सक हो । फर्केपनि सरकारी अस्पतालमा गई नागरिकको स्वास्थ्य परिक्षण गर्ने छु तर नीजि अस्पतालमा भने जाने नजाने बताउनुभयो । उहाले भन्नुभयो,उमेर ७० नाघि सकेको छ,स्वास्थ्य जाँच गर्ने,रिपोर्ट लेख्ने,हेर्ने काम गर्न उमेरले मिल्दैन । ‘मेरो एउटा सीमा छ  ।
आँफु बीपी, गणेशमान र महेन्द्र नारायण निधिको मात्रै नभएर अन्तिम समयमा  कृष्णप्रशाद भट्टराईको पनि फिजिसयन डाक्टर भएर काम गरेको स्मरण गरेका  डा.यादवले  मनमोहन लगाएतका नेताहरुको  नाममा पनि अस्पताल खुलेको हुँदा उनीहरुको नाम वदनाम गर्न कोही पनि लाग्न नहुने धारणा राख्नुभयो ।फरक प्रशंगामा उहाले आफ्नो रुचि र चाहाना वातावरणिय पक्षमा कामगर्ने पनि रहेको बताउनुभयो । हिमाल, पहाड र तराईको वन जंगल तथा  वातावरण कसरी जोगाउन सकिन्छ भन्ने वारेमा आफुलाई बढी चिन्ता लाग्ने गरेको उहाले बताउनुभयो । उहाले समाजको सदभावलाई कसरी जोड्ने, क्षेत्रीय र जातिय सदभाव कसरी दिगो राख्ने तथा राष्ट्रिय एकतालाई कसरी बलियो बनाउने भन्ने चिन्ता रहेको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस