अधिकांश थारू बस्तीमा माघी पर्वको रौनक

थारू जातिको महान् पर्व माघीको रौनक अहिले अधिकांश थारू बस्ती देख्न पाइन्छ । 
बस्तीमा माघी आउन अब एक हप्ता मात्र बाँकी छ । नँया बर्षको रुपमा लिने थारू समुदायले आगामी बर्षको योजना र गतबर्षको समिक्षा गर्ने चलन छ । 
थारु बाहुल्य जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनुरका थारू समुदायको बस्तीमा महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् । 
पुरुष सुँगुरको मासु काट्नेदेखि लिएर अन्य काममा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी खुट्न मै व्यस्त छन् । 
अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघी अघि नै सुँगुर काट्ने, रोटी पकाउने लगायत काम गर्नुपर्ने हुन्छ । थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यसैअवसरमा कल्व, संघसंस्थाले थारु सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिरहेका छन ।
पुस मसान्तमा घरघरमा मासु, ढिकरी (पिठोको परिकार), माछा लगायतको परिकार बनाएर जाँड, रक्सीका साथ खानपिन गरेर रातभर नाचगान गर्ने गरिन्छ । 
यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ । 
माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला, तलाउ, पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ । 
यसैविच माघिको अवसरमा आज वुधवार तुलसिपुरमा माघि महोत्सव आयोजना गरिएको छ । 

प्रतिकृया दिनुहोस