धावनमार्गको परिक्षण गर्दै टरीगाँउ विमान स्थलमा ५ महिना पछि हवाईजहाज अवतरण

दाङ,१६ असोज

 

टरीगाँउ एरपोर्टको परिक्षण गर्ने गरि झण्डै ५ महिना पछि टरिगाउँ विमानस्थल आज मंगलबारदेखि पुन ः सञ्चालनमा आएको छ । इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान मध्यान्ह् टरीगाँउ बिमान स्थलमा अवतरण गरेको हो । विगतमा उक्त विमानस्टलमा निगमको ट्विनअटरले उडान गथ्र्यो । पहिलोपटक १७ सिटको चिनियाँ जहाज सञ्चालन गरिने नेपाल वायु सेवा निगममका प्रवक्ता अशोक सिग्देलले जानकारी दिनुभयो । प्रवक्ता सिग्देलले परीक्षण उडान गरेसँगै विमानसेवा दशैँअगाडि सम्मका लागि सातामा दुई पटक सम्भवतः सोमबार र शुक्रबार सञ्चालन हुने समेत बताउनुभयो । परीक्षण उडानको रिपोर्ट पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइने बताउनुभयो । सातामा दुई पटक सञ्चालन हुँदा ६ हजारसम्म र त्यसपछि  ५ हजारभन्दा कम भाडा तय हुने छ । तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाईसेवा प्रयोग गर्ने यहाँका यात्रु भैरहवा र नेपालगञ्ज जान बाध्य थिए । महँगो भाडाका कारण पाँच महिनादेखि हवाईसेवा बन्द थियो । तुलसीपुर उपमहानगरपालिकाले गत भदौ ३१ गते हवाईसेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका आउनुभएको थियो । २०११ सालमा झग्गुप्रसाद शर्माको पहिलमा पहिलो पटिक टरीगाँउ एरपोर्टमा बिमान अवतरण भएको थियो । नियमीत उडान हुन नसकेको टरीगाँउ एरपोर्ट सञ्चालनका लागि तुलसीपुर उद्योग बाणिज्य संघले महापुराण समेत आयोजना गरि संकलन भएको रकमले कालोपत्रे समेत गराएको छ । विमान स्थलमा ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौ डाइको धावन मार्ग कालो पत्रे गरिएको छ । धावनमार्ग कालो पत्रे भएको लामो समयसम्म पनि उडान नहुदा यस क्षेत्रका स्थानीय निराश भएका   थिए । हवाई मार्ग कालोपत्रे भएपछि निजी विमान सञ्चालनमा आएको थियो । तर हवाई ईन्धन,विमान स्थल सानो आकार र भाडा बढी भएको भन्दै सेवा नियमीत हुन सकेको थिएन् । स्थानीय सरकारको पहिलमा पुन ः हवाई सेवा सञ्चालनमा आएको थियो । त्यो पनि अवरुद्ध भएको थियो । आज सोमबारदेखि सातामा दुई दिन नेपाल वायुसेवा निगमको बिमान परिक्षण उडानमा आउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । टरीगाँउ बिमान स्थलबाट नियमीत हवाई सेवा हुनेमा भने आशंका गरिएको छ । पटक पटक अवरुद्ध हुने गरेको टरीगाँउ विमान स्थलको बिकल्पको समेत खोजी गरिएको छ । तर यस सम्बन्धमा भने टिप्पणी शुरु भएको छ । 

प्रतिकृया दिनुहोस