छोराछोरीको कमाईको १० प्रतिशत रकम अनिवार्य आमाबुबाको खातामा जम्मा गर्नुपर्ने

छोराछोरीले आफ्नो कमाईको १० प्रतिशत रकम अनिवार्य रूपमा आमाबुबाको खातामा जम्मा गर्नुपर्ने ब्यबस्था हुदैछ । प्रस्तावित प्रावधानले वृद्ध आमाबुबाको पालनपोषणको दायित्वबाट पन्छिने प्रवृत्ति कम गराउने छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधन गरि संसद् सचिवालयमा पुगेको उक्त कानुनमा हुर्कि बढेपछि आमाबुबाको लालनपालनमा छोराछोरीले वास्ता नगर्ने परिपाटीको अन्त्यका लागि सरकारले छोराछोरीलाई कडाइ गर्नेगरी ऐन् संसोधन गर्न लागेको छ । मस्यौदा दर्ता भई प्रक्रियामा गयो र कतैबाट संसोधन नपरी पारित भयो भने अब बाआमाको हेरविचारको दायित्वबाट छोराछोरी उम्कन पाउने छैनन् । ऐन संसोधन विधेयकको दफा ८ मा सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्नो मासिक कमाइको दश प्रतिशत रकम आफ्ना बाबुआमाको बैंक खातामा प्रत्येक महिना जम्मा गर्नुपर्ने व्यवस्था छ । सरकारले गर्न लागेको नयाँ व्यवस्थाप्रति जेष्ठ नागरिक पनि खुसी छन् । अन्तराष्ट्रिय वा अन्तर सरकारी संघसंगठन वा प्रचलित कानुन बमोजिमका संस्थाबाट नियमित पारिश्रमिक लिइरेका व्यक्तिले यो व्यवस्था मान्नुपर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस