तथ्याकं संकलनका लागि गणकहरुलाई प्रशिक्षण

अपाङता भएका ब्यक्तिहरुको तथ्याक संकलनका लागि गणकहरुलाई प्रशिक्षण दिएको छ । राप्ती बहिरा संघ दाङको आयोजना र गढवा गाउँपालिकाको सहयोगमा सोमबार स्थानिय तहका जनप्रतिनिधि र गणकहरुलाई तथ्यांक संकलन सम्बन्धि अभिमुखिकरण दिएको हो ।
राप्ती बहिरा संघ दाङका अध्यक्ष अजयकुमार शर्माको सभापतित्व एबम गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको प्रमुख आतिथ्यतामा एक दिने अभिमुखिकरण गढवामा सञ्चालन गरिएको थियो । त्यसअवसरमा कार्यक्रमको बारेमा संस्थाका निर्देशक प्रतिमा शर्माले जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय अपांग महासंघ प्रदेश नं. ५ का अध्यक्ष देवीदत्त आचार्य प्रशिक्षक हुनुहुन्थ्यो भने कार्यक्रमको सहजिकरण संस्थाका कार्यक्रम संयोजक देवा डाँगीले गर्नुभएको थियोे ।
 

प्रतिकृया दिनुहोस