माघीको अवसरमा थारु नृत्यको प्रतियोगिता

पुस २५ तुलसीपुरमा सञ्चालन गर्न लागिएको तुलसीपुर क्षेत्र स्तरिय माघी सांस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । थारु संस्कृति हमार पहिचान, भुइह्याँर ठन्वह बचैना हमार अभियान, भन्ने नाराका साथ हुने माघी विशेष सांस्कृतिक महोत्सवमा भोली विहान ¥याली निकालिने महोत्सव मूल आयोजक समितिका संयोजक रामशरण चौधरीले जानकारी दिनुभयो । नमुना भुइह्याँर थानबाट निकालिएको ¥याली तुलसीपुर बजारको परिक्रमा गरी पुनःनमुना भुइह्याँर थानमा पुगी कोणसभामा परिणत हुने छ । माघ १ गतेका दिन नँया बर्षको सुरुवातको रुपमा मनाउदै आएका थारू समुदायको ठूलो पर्व माघीमा थारु समुदायको पहिचान झल्किने मघौटा नाच, कट्घोरी नाच, झुम्रा नाच प्रर्दशन गरिने छ ।

प्रतिकृया दिनुहोस