कसम खानु पर्ने,म भ्रष्टाचार गर्दिन

दाङ,१९ असोज

अब राष्ट्र सेवक कर्मचारीले हरेक दिन काम शुरु गर्नुअघि ‘म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश वाचन गरि निजामति कर्मचारीले दैनिक कार्य अवदेखि प्रारम्भ गर्नुपर्ने छ । राष्ट्र सेवा गर्ने कसम खाएर सरकारी सेवा प्रवेश गरेका कर्मचारीले अब हरेक दिन भ्रष्टाचार नगर्ने कसम खानुपर्ने भएको छ ।यति मात्रै होइन, कार्यालयको देखिने स्थानमा उक्त वाक्यांश समेत टाँस गर्नुपर्ने छ । भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नारा दिँदै सरकारले सुशासन र सदाचारको प्रबद्र्धन गर्ने भन्दै राष्ट्र सेवक कर्मचारीले हरेक दिन भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिज्ञा गर्नुपर्ने नियम बसालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्् कार्यालयका प्रबक्ता बिनोद कुँवरका अनुसार भ्रष्टाचार नगर्ने प्रण दैनिक गर्नुपर्ने नियम बसालेको सर्कुलर सरकारी कार्यालयमा पठाएको छ । सरकारी कर्मचारीले दैनिक भ्रष्टाचार नगर्ने प्रण गर्नुपर्ने नियम बनाइएको जानकारी दिँदै सबै मन्त्रालय, आयोग र सचिवालयमा यसबारे सर्कुलर गरिने छ ।

 

प्रतिकृया दिनुहोस