मानव वेचबिखनमा दलालहरुले नयाँ÷नयाँ सञ्चार प्रविधिको प्रयोग गर्न शुरु

पौष १९ , तुलसीपुर / दलालहरुले नयाँ÷नयाँ सञ्चार प्रविधिको प्रयोग गर्न थालेपछि मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै माईति नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जले जनाएको छ ।
सञ्चार प्रविधिमा दलालले अहिले ‘इमो’को प्रयोग गर्दै आएका छन् । विगत एक वर्षको अवधि (सन् २०१८) मा माइती नेपाल क्षेत्रीय कार्यालय, नेपालगञ्जले भारत, दुबई र कुवेतवाट श्रम र यौन शोषणमा परेका ८२ जनाको उद्धार गरेको तथ्याङ्कले पनि मानव बेचबिखनको अवस्था पछिल्लो समय अझ जटिल बन्दै गएको देखाएको छ । 
सो अवधिमा सबैभन्दा बढी बाँकेबाट २ सय १०, सुर्खेतबाट १ सय १०, दाङबाट १ सय १९ र बर्दियाबाट ९७ जना जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई नेपाल—भारतको सीमा क्षेत्रबाट माइती नेपालले उद्धार गरेको थियो । 
माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार, विगत एक वर्षको अवधिमा प्रदेश नं– ५ ,कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका जोखिमपूर्ण यात्रामा रहेका ९ सय २० जनालाई बाँकेको नेपाल—भारत सीमा नाकाबाट उद्धार गरिएको छ । 
एक वर्षको अवधिमा हराएका परिवारका सदस्यको खोजीका लागि माइती नेपाल क्षेत्रीय कार्यालयमा ८ सय ७५ जनाको निवेदन पर्नुले मानव बेचबिखन रोकथाम थप जटिल भएको सहजै बुभ्mन सकिन्छ । त्यस अवधिमा परेको निवेदनमध्ये १ सय ४० जना मात्रै फेला परेका छन् ।

प्रतिकृया दिनुहोस