नेपालगञ्जमा यहि पौष २६ गतेदेखि व्यापार महोत्सव संचालन हुने !

बाँकेको नेपालगञ्जमा यहि पौष २६ गतेदेखि व्यापार महोत्सव संचालन हुने भएको छ  माघ ८ गते सम्म सन्चालन हुने कृषि, पर्यटन, व्यापार तथा बृहत सांस्कृतिक महोत्सब २०७५ ए.जि सर्भिस प्रालि नेपालगञ्जले आयोजना गर्न लागेको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले मेला संचालन गर्ने तयारी गरिएको जानकारी दिएको छ महोत्सवमा कला सांस्कृतिक, भाषा पर्यटन, अध्ययन अनुसन्धान अभिलेखिकरण,                आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडी बढाई देशमा रहेका वेरोजगार युवाहरुलाई रोजगार दिने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक समूहका संयोजक नन्द बहादुर बुढाले जानकारी दिए ।

महोत्सवमा ५० रुपैया र विद्यार्थीका लागि ४० रुपैया टिकट दररेट राखिएको छ । महोत्सवमा ३ सय बढि स्टल रहनेछ भने कुल ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवमा नायक विराज भट्ट, निखिल उप्रेती, गायिका ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, गायक यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ  १ लाख बढि दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रतिकृया दिनुहोस