२०१८ का सुपरहिट आठ फिल्मः जसले नसोचेको कमाई गरे

साल २०१८ बलिउडका तीन खानका लागि सुखद बन्न नसके पनि बक्सअफिसमा केही निकै विशेष र यस्ता फिल्म हिट साबित भए जसको कसैलाई विश्वास नै थिएन  २०१८ लाई विदा गरेर २०१९ लाई स्वागत गर्न बलिउड तयार हुँदै गर्दा यस वर्ष सुपरहिट भएका फिल्मको विषयमा आज हामी चर्चा गर्दैछौं । 

 

बक्सअफिसमा हिट भएको फिल्मको मात्र होइन, जसको कहानी, अभिनय र विजनेस सबै सानदार रह्यो  यो लिस्टमा सबैभन्दा लेटेस्ट फिल्म रजनीकान्त र अक्षय कुमारको फिल्म '२.०' हो  फिल्मको कहानीले दर्शकलाई अलग दुनियाँमा पुर्‍याएको थियो । 

 

आम जिन्दगीमा हामी जुन फोनको प्रयोग गर्छौँ त्यसले वास्तवमा हाम्रो लागि मात्र होइन पर्यावरण र जीवजन्तुमाथि पनि गहन प्रभाव छाड्छ भन्ने सन्देश फिल्मले प्रवाह गरेको थियो फिल्ममा प्रयोग गरिएको भिएफएक्स इफ्फेक्ट्स पनि दर्शकले निकै रुचाएका थिए । 

 

तामिल भाषामा निर्माण भएको फिल्मले हिन्दी डबमा नै १८८ करोड बढी कमाई गरेको छ  अझै पनि फिल्मको कमाई जारी छ  यो सानदार कमाईसँगै उक्त फिल्म साल २०१८ को सबैभन्दा बढी कमाई गर्ने फिल्मको लिस्टमा तेस्रो स्थानमा छ । फिल्मलाई निर्देशक एस शंकरले निर्देशन गरेका हुन् । 

आयुष्मान खुरानाको फिल्म 'बधाई हो' हिट हुन्छ भन्ने सायद यसका निर्माता/निर्देशकलाई पनि विश्वास थिएन  फिल्मको 'कन्टेन्ट' लाई दर्शकले अत्याधिक रुचाएका थिए  फिल्मले बक्सअफिसमा पनि धूम मच्चाएको थियो  २९ करोडमा बनेको फिल्मले १३६ करोड कमाउन सफल भयो  यसका निर्देशक अमित शर्मा हुन् ।

 

फिल्ममा आयुष्मान खुरानाका अलावा एक्ट्रेस नीना गुप्ता र एक्टर गजराज महत्वपूर्ण भूमिकामा थिए  नीना गुप्ताको दुई जवान छोरा छन् र यस्तैमा उनी गर्भवती हुन्छिन्  यो अक्वर्ड मूमेन्टमा कसरी आयुष्मान खुरानाको परिवारले समाजको सामना गर्छ, फिल्मको कहानी यसमा आधारित छ ।

 

राजकुमार राव र श्रद्धा कपूरको फिल्म 'स्त्री' ले पनि बक्सअफिसमा अपेक्षा गरेभन्दा राम्रो कमाई गर्‍यो र वर्षको सबैभन्दा ठूलो हिट फिल्ममा सामेल भयो  फिल्मले बक्सअफिसमा १२९ करोडभन्दा बढी कमाई गर्न सफल भएको छ  फिल्ममा पंकज त्रिपाठी र अपारशक्ति खुराना पनि प्रमुख भूमिकामा थिए  यसका निर्देशक अमर कौशिक हुन् । 

 

रणबीर कपूर स्टारर फिल्म 'सञ्जु' यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्मको लिस्टमा पहिलो स्थानमा छ  फिल्मले बक्सअफिसमा रेकर्डतोड कमाई गरेको थियो  फिल्मले घरेलु बजारबाट कुल ३४० करोड कमाएको छ  अभिनेता सञ्जय दत्तको बायोपिक फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । 

 

आलिया भट्टको 'राजी' पनि दर्शकलाई निकै मन परेको फिल्म हो  फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो  यो फिल्मले भारतबाट मात्र कुल १२३ करोड कलेक्सन गरेको थियो । फिल्ममा आलियाको साथ विक्की कौशल, सोनी राजदान जस्ता कयौं कलाकारको अभिनय थियो । 

 

फिल्म 'राजी' को कहानी एक भारतीय जासुसको जिन्दगीमा आधारित थियो  फिल्ममा जासुसको भूमिका आलियाले निभाएकी थिइन्, जसको अथक प्रयासले भारतको १९७१ को लडाईमा ठूलो जीत हासिल गर्न मद्दत मिलेको थियो  फिल्मलाई मेघना गुलजारले निर्देशन गरेका थिए । 

 

टाइगर श्राफको फिल्म 'बागी २' ले पनि बक्सअफिसमा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको थियो  फिल्मले भारतीय बक्सअफिसमा १६५ करोडभन्दा बढी कमाई गर्न सफल भएको थियो  यो कमाईसँगै उक्त फिल्म सालको सबैभन्दा बढी कमाई गर्ने फिल्मको लिस्टमा पाँचौ स्थानमा छ । 

 

फिल्मलाई निर्देशक अहमद खानले निर्देशन गरेका थिए  फिल्ममा टाइगरलाई जबरजस्त एक्सन अवतारमा उतारिएको थियो  रणदीप हुड्डा, दिशा पाटनी र मनोज वाजपेयी जस्ता कयौं कलाकार फिल्ममा थिए । 

 

कार्तिक आर्यनलाई 'सोनू के टीटू की स्वीटी' ले सुपरस्टार बनाइदिएको छ । यो फिल्मलाई दर्शकले यति मन पराउँछन् भन्ने विश्वास स्वयं निर्माता/निर्देशकलाई नै थिएन । फिल्मले बक्सअफिसमा १०८ करोडभन्दा बढी कमाई गरेको थियो । लभ रञ्जनले निर्देशन गरेको फिल्ममा कार्तिकका साथ नुसरत भरूचा र सनी पनि प्रमुख भूमिकामा थिए । 

 

रिलिजपूर्व दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूरको फिल्म 'पद्मावत' लाई लिएर निकै विवाद भएको थियो । फिल्मलाई लिएर जति विवाद भएको थियो, फिल्मले बक्सअफिसमा त्यति नै कमाल देखाएको थियो । संजय लीला भंसाली निर्देशित यो फिल्मले बक्सअफिसमा ३ सय करोड कमाएको थियो । 

 

आफ्नो यो धमाकेदार कमाईसँगै फिल्म 'पद्मावत' साल २०१८ को सबैभन्दा बढी कमाई गर्ने फिल्मको लिस्टमा दोस्रो स्थानमा छ । फिल्ममा दीपिकाकाको अलावा रणवीर सिंहको अभिनयको निकै प्रशंसा भएको थियो । शाहिदले भने खासै जस पाएनन् ।

प्रतिकृया दिनुहोस