पुस १५ सम्म तापक्रम अझै घट्ने मौसम पूर्वानुमान महाशाखाद्धारा जानकारी ।।

पौष १४, तुलसीपुर / पूर्वानुमान महाशाखाले तापक्रम अझै घट्ने क्रममा रहेको जनाएको छ । 
महाशाखाका अनुसार समान्यतया पुस १५ देखि माघ १५ सम्म तापक्रम घट्ने क्रम जारी रहन्छ । तापक्रम सम्बन्धि यस्तो चक्रअनुसार प्रत्येक वर्ष पुसको सुरूवातासँगै तापक्रम निरन्तर घट्न थाल्छ ।
पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बादल लागेको बेला अधिकतम तापक्रम घट्छ । तर राती र भोलिपल्ट बिहानसम्म बादल लाग्यो भने न्यूनतमा तापक्रम बढ्छ । 
बादल लागेको बेला सूर्यको किरण सोझै प्रवेश गर्न नसक्ने भएकाले यस्तो हुने मौसमविद् सुवेदीले जानकारी दिनुभयो ।
समान्यतया पुस १५ देखि माघ १५ सम्म न्यूनतम तापक्रम बढ्ने सम्भावना रहन्छ । 
त्यसैले यस वर्ष तापक्रम अझै घट्ने सम्भावना छ ।’ पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष पुस १५ देखि माघ १५ सम्म न्यूनतम तापक्रम बढेर जिरो डिग्री सेलसिएससम्म पुग्नसक्ने अनुमान छ ।
पुस महिनामा चिसो बढ्ने र बादल लागेमा चिसा ह्वात्तै बढ्ने विज्ञहरू बताउँछन् । 
मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार दिउँसो देशका मध्य र पूर्वीपहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको जनाएको छ । यसैगरी अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 
शनिबार भने देशभर मौसम समान्यता सफा रहने महाशाखाको भनाइ   छ । बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक र सामान्य बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बिहीबार सबैभन्दा चिसो जुम्लामा भएको पूर्वानुमान महाशाखले जनाएको छ। बिहीबार जुम्लामा न्यूनतम तापक्रम माइनस ६ दशमलव २ पुगेको महाशाखाले जनाएको छ । 
यसैगरी बिहीबार डेडल्धुरामा पनि त्यूनतम तापक्रम बढेर १ दशमलब ३ पुगेको छ ।
वातावरणविद्हरू भने चिसो याम त्यसमा पनि बादल लागेको बेला प्रदूषणको मात्रा निकै खतरनाक हुने बताउँछन् । चिसो बढेको बेला विशेषगरी बिहान र बेलुका हावामा हुने प्रदूषण बढ्ने उनीहरूको भनाइ छ । 
चिसोमा धुलोका मसिना कणहरू (पिएम टु प्वाइन्ट फाइभ) जमिनमै टाँसिएर बस्ने गर्छन् तर गर्मी याममा भने हावाको वहावसँगै धुलाका मसिना कणहरू पनि उड्ने गर्छन्। गर्मी यामभन्दा चिसो याममा हावाको बहाव कम हुन्छ ।
 

प्रतिकृया दिनुहोस