छवि र शिल्पाको चर्चाः ‘न सकिने न रोकिने’

 

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको सम्बन्ध पनि अचम्मकै छ  चलचित्र बजारमा यी दुइले बिहे गरेर सँगै बस्ने गरेको खबर फैलिएको लामो समय भैसकेको छ  तर, यी दुइले अझै पनि आफूहरुले बिहे नगरेको बताउँदै आएका छन्  शिल्पा र छविले एउटा रिसोर्टमा बिहे गरिसकेको उनीहरु निकट चलचित्रकर्मी नै बताउँछन् ।

तर, शिल्पा र छविले बिहेको चर्चालाई चलचित्र चल्ने बेलामा फन्डा मच्चाउने शैलीको रुपमा मात्र प्रयोग गरेको पाइन्छ  शिल्पा र छविको बिषयमा बजारमा अहिले अर्को चर्चा पनि सुरु भएको छ  केहि दिन अगाडि नायिका पोखरेलले जन्मदिन मनाउँदा छवि उपस्थित नभएपछि उनीहरुबिच खटपट भएको खबर फैलिएको छ ।

यतिमात्र होइन, छवि र शिल्पाविच काम गर्ने बिषयमा पनि कुरा नमिल्ने गरेको खबर संचारमाध्यममा सार्वजनिक हुन थालेको छ छविले शिल्पाका लागि आएको चलचित्रको अफर उनलाई थाहा नै नदिई ‘अस्विकार’ गर्न थालेपछि शिल्पा छविसँग असन्तुष्ट बनेकी छिन् ।

हुन पनि हो, नायिका पोखरेलले गतिला चलचित्रमा काम गर्न सकेकी छैनन् बक्स अफिसमा उनी अभिनित चलचित्र निरन्तर असफल हुनुको परिणाम यो पनि हो  छविराज ओझाको ब्यानर भन्दा बाहिरी ब्यानरमा शिल्पा सफल हुन नसक्नुको कारण उनले चलचित्र रोज्न नजान्नु पनि हो ।

छविले भने शिल्पाका लागि आएका राम्रा अफरलाई पनि हुँदैन भन्न थालेको खबर बाहिरिएको हो । यहि कारणले पनि यी दुइमा खटपट भएको वुझिन्छ बिहे र सम्बन्धको खबरको सत्यता बताएर न त छवि र शिल्पा यसलाई एउटा बाटो दिने सोचमा नै छन् न त उनीहरुको यो चर्चा मिडियामा आउन रोकिएको नै छ ।

प्रतिकृया दिनुहोस