बृहत् राष्ट्रिय खेलक“द प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित

पौष १२ ,तुलसीपुर / प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ । 
प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रतियोगिता दुईदेखि तीन हप्तासम्म सर्ने राखेपले जनाएको छ । 
शुरुमा गएको मङ्सिरमा हुने तय भएको खेल आगामी माघ २५ देखि गर्ने गरी सारिएको थियो । तर अब प्रतियोगिता माघमा पनि नहुने राष्ट्रिय खेककूद परिषद्का एक उच्च अधिकारीले बताउनुभयो । 
       आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पुनःसार्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै माघको अन्तिम साता तय भएको प्रतियोगिता सार्ने तयारी भएको हो, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले भन्नुभयो । 
प्रतियोगिताको उद्घाटन गर्ने भनिएको नेपालगञ्ज रङ्गशालाको काम निर्धा्रित समयमा पूरा हुने नदेखिएपछि प्रतियोगिता फागुनको दोस्रो साता सञ्चालन गर्ने तयारी गरिएको छ । 
प्रतियोगिताको नयाँ मिति केही दिनपछि तोकिने उपाध्यक्ष तिम्सिनाले बताउनुभयो । 
गत असोजमा राखेप सञ्चालक समिति बैठकले अन्तिम समयमा आएर बजेट अभाव र पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता माघको अन्तिम साता सारिएको थियो । तर मुख्य खेल मैदान नेपालगञ्ज रङ्गशाला निर्धा्रित समयमा निर्माण पुरा नहुने भएपछि प्रतियोगितालाई पुनः दुई हप्ता सार्ने तयारी भएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 
       मन्त्रालयले खेलकूद प्रतियोगिता सञ्चालन सम्बन्धी निर्देशिका निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । मन्त्रालयका अनुसार फरकफरक निर्दे्शिका बनाउँदै आएको मन्त्रालयले अब एउटै निर्दे्शिकामार्फत प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
‘राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन निर्देशिका’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मन्त्रिपरिषद्ले पारित गरेलगत्तै निर्देशिका जारी गर्ने तयारी मन्त्रालयले गरेको छ ।

प्रतिकृया दिनुहोस