फिल्म नगर्ने श्रृंखलालाई ‘छक्का पञ्जा ४’ अफर

मिस नेपालको ताज पहिरिएपछि धेरैको लक्ष्य हिरोइन बन्ने हुन्छ  रुबी राणादेखि निकिता चण्डकसम्म यसका उदाहरण हुन्  तर, केही मिस नेपाल विजेता अपवाद पनि छन्  २०१८ की मिस नेपाल विजेता श्रृंखला खतिवडाले हिरोइनको रुपमा आफू कहिल्यै नआउने उद्घोष गरिसकेकी छन् । 

 

उनी क्यामेरा अगाडि आफूलाई खुसी नमिल्ने बताउँछिन्  हालै सम्पन्न मिस वल्र्ड प्रतिस्पर्धामा टप १२ भित्र परेर बाहिरिएकी उनी अहिले कुनै चर्चित सेलिब्रेटीभन्दा कम लोकप्रिय छैनन्  सम्भवतः कुनै मिस नेपाल विजेताले यस प्रकारको लोकप्रियता हासिल गरेको पहिलो पटक हो । 

उनको लोकप्रियतालाई  'क्यास' गर्न अहिले धेरै लालायित छन्  चाहे फिल्ममा होस् वा विज्ञापनमा  तर, उनले न फिल्म न विज्ञापन केही नगर्ने बताइरहेकी छन्  उनी भन्छिन्, 'मलाई फिल्ममा खुसी मिल्दैन भने किन गर्नु ? मैले जुन विषयमा अध्ययन गरेको छु त्यसैमा अगाडि बढ्न चाहन्छु ।' 

 

फिल्म गर्दै नगर्ने अडानमा बसेकी उनलाई 'छक्का पञ्जा' सिरिजकी निर्देशक दीपाश्री निरौलाले भने फिल्म अफर गरेकी छन्  शक्तिशाली महिला निर्देशकको रुपमा आफूलाई स्थापित गर्न सफल उनले फिल्म 'छक्का पञ्जा ४' अफर गरेकी हुन्  श्रृंखलाले भने अफर लत्याएकी छन् । 

 

नेपाल टेलिभिजनबाट प्रशारण हुने 'मुन्द्रेको कमेडी क्लब' मा श्रृंखला अतिथीको रुपमा पुगेकी थिइन्  शोकी अध्यक्ष दीपाश्री हुन् । कार्यक्रमको छायांकन सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दीपाश्रीले उनको सुन्दरता र बोलीचालीको प्रशंसा गर्दै 'छक्का पञ्जा' अफर गरिसकेको बताइन् । 

 

श्रृंखलाले भने धन्यवाद दिँदै भनिन्, 'फिल्मको पहिलो शो हेर्न चाहिँ आउँछु तर फिल्म गर्दिनँ ' दीपाश्रीले उनलाई फिल्म नगरे पनि समाजसेवामा सँधै सक्रिय रहन आग्रह गरिन् उनले भविष्यका लागि शुभकामना दिँदै भनिन्, 'समाजसेवामार्फत् देशको एक उदाहरणीय हिरोइन बन्नु ।' 

प्रतिकृया दिनुहोस