बिच वल प्रतियोगिताको उपाधि पुरुष तर्फ वडा नम्वर ३ र महिला तर्फ वडा नम्वर ९ लाई

दाङ,२५ फागुण

पहिलो मयेर कप बिच भलिवल प्रतियोगीताको पूरुष तर्फको उपाधि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ र महिला तर्फको उपाधि वडा नम्वर ९ ले प्राप्त गरेका छन् । पुरुष फाईन बीच भलिवल प्रतियोगीतामा वडा नम्वर ११ लाई पराजीत गर्दै वडा नम्वर ३ ले उपाधि चुम्न सफल भएको हो ।२१–९ र २१ – ११ को सोजो सेटको अंक प्राप्त गर्दै वडा नम्वर ३ बिजयी भएको हो । प्रथम स्थान हासील गर्ने वडा नम्वर ३ ले नगद २५ हजार,मेडल र कप हासील गरेको छ । दोस्रो स्थान हासील गर्ने वडा नम्वर ११ ले १५ हजार नगद,मेडल र कप हासील गरेको छ । भने पुरुष तर्पm तेस्रो स्थान हासील गर्ने वडा नम्वर ७ ले नगद १० हजार,मेडल र कप हासील गरेको छ ।महिला तर्फको बिच भलिवल प्रतियोगितमा प्रथम वडा नम्वर ९ भएको छ । वडा नम्वर ९ ले पनि २५ हजार नगद,मेडल र कप हासील गरेको छ । वडा नम्वर ६ दोस्रो स्थान हासील गरेको छ । उसले नगद १५,मेडल र कप तथा तेस्रो स्थान हासील गर्ने वडा नम्वर १ ले नगद १० हजार,मेडल र कप प्राप्त गरेको छ । प्रतियोगीतामा तुलसीपुर उपमहानगरपालिका १९ वटै वडाका पुरुष १७ समूह र महिला तर्फ १० गरि २७ वटा समूहले भाग लिएका छन् । प्रतियोगीतमा बिजयी हासील गर्ने खेलाडीहरुलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पुरस्कार,मेडल र कप प्रदान गरेका थिए । आयोजक समितिका संयोजक माईकलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार मञ्चका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको आयोजना गरिएको यो प्रतियोगीता यस क्षेत्रकै पहिलो भएको दावी गरिएको छ ।

प्रतिकृया दिनुहोस