प्रबिधिमैत्री बिद्यालय तुलसीपुर सेन्टर

माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरमा आईसिटी ल्याव सञ्चालनमा आएको छ । २४ थान कम्युटर,४ वटा सिसी क्यामेरा,१६ वटा व्याक–अप व्याट्रि, इन्र्भटर, नेटर्वकिङको लागी सर्भर मेसिन, प्रोजेक्टर, साउण्ड सिस्टमका साम्रागीहरु रहेको उक्त आईसीटिको तुलसीपुर उपमहानगरपालीकाकी उपमेयर माया आचार्यले आईतबार उद्घाटन गर्नुभएको हो ।
प्रबिधिमैत्री बिद्यालय बन्दा बिद्यार्थीहरुलाई प्रबिधिको प्रयोगबाट अध्ययन अध्यापन गर्न सहज बन्ने र बिद्यालयमा भर्चुल शिक्षण बिधि समेत प्रभाबकारी हुने अपेक्षा गरिएको छ । त्यसका लागि नेपाल टेलिकम प्राधिकरणले करिब ३८ लाख बराबरको प्रबिधियुक्त साम्रागीहरु सहयोग गरेको छ ।
उपमहानगरपालीकाकी उपमेयर आचार्यले स्थानीय स्तरमै प्रबिधियुक्त बिद्यालयबाट गुणस्तरिय शिक्षण सिकाई हुने भएकाले कमजोर वर्गका बालबालिकाले पनि सर्वसुलभ तरीकाले अध्ययन गर्न पाउने अपेक्षा गर्नुभयो ।
बिद्यालयलाई प्रबिधिमैत्री बनाउन लागिएको बिद्यालयका प्रधानाध्यापक भागवत पौड्ेलले बताउनुभयो ।
माबि तुलसीपुर सेन्टरले उच्च शिक्षाका लागी नेपाल सरकारद्धारा संञ्चालीत इलेक्ट्रीकल,सिटीभिटी अन्र्तगत आई.टी. ईन्जीनीयरिङ बिषयहरुको अध्यापन गराउदै आएको छ । भने यस वर्षबाट थप दुई वटा बिज्ञान र ब्यबस्थापन बिषयहरुका कक्षा समेत सञ्चालन गरिने तयारी गरिएको प्र.अ. पौड्ेलले जानकारी दिनुभयो ।
उच्च शिक्षा अध्ययनका लागि छिमेकी जिल्ला रोल्पा,रुकुम,सल्यान,प्युठान लगायतका बिभिन्न जिल्लाहरु बाट बिद्यार्थीहरु आउने गरेका छन् ।
उक्त बिद्यालय गत वर्ष आईटिमा नेपालको सर्वोत्कृष्ट भएको दावी गरिएको छ । बिद्यार्थी संगम खड्काले आईटीमा गत बर्ष सर्बोत्कृष्ट हुनुभएको हो । त्यस्तै ईलेक्ट्रीकल तर्फ सोही बिद्यालयका छात्र दाङ जिल्ला प्रथम भएका बिद्यालयले जनाएको छ ।
हाल सम्म ईलेक्ट्रीकल तर्फ १९२ जना र सिटीभिटी अन्तर्गत निशुल्क स्वरोजगार मार्फत लेभल १ मा १८० र लेभल २ मा २० गरि कुल ३९२ बिधार्थीहरु उत्पादन भैसेका छन् ।
बिद्यालयमा कक्षा ८ सम्मका छात्रा,कक्षा १० सम्म दलित समुदायमका छात्रछात्राहरुले छात्रवृति पाउने गरेका छन् ।
यस्तै बिधालयको अक्षेय कोष मार्फत प्रथम,द्धितिय र तृतिय हुने छात्रछात्रले पनि पढाईका लागी खर्च हुने सम्पूर्ण खर्च बिद्यालयले ब्यर्होने ब्यबस्था मिलाएको छ ।
यस्तै आईटी तर्फका ३ जनालाई सीटिभिटीले,ईलेक्ट्रीकल तर्फ तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा १९ जना र उक्त बिद्यालयले ३ जनालाई निशुल्क छात्रबृत्तिको ब्यबस्था गरिएको छ ।
जनजाती, अल्पसंख्यक, सिमान्तकृत, अपाङ सबैले एकमुष्ठ ३ हजार देखि ५ हजार सम्म रुपैयाँ पाउने ब्यबस्था छ ।
 

प्रतिकृया दिनुहोस