दाङका २४ जनामा कोरोना संक्रमण

नेपालमा हालसम्म ३७ हजार ५ सय २४ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ७०.६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ८ सय ५२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३७ हजार नाघेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
शुक्रबार कोरोनाबाट मुलुकभर ९ सय ७२ जना निको भएका थिए । मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ ।  हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।
पछिल्लो २४ घण्टामा दाङका २४ जना समेत गरि १२ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । 
२४ घण्टामा १० हजार १ सय ७६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३ सय ५४ पुगेको छ ।
हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ८ लाख ३१ हजार ३ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, १० महिला र १४ पुरुष गरि दाङमा २४ जना कोरोना भारस संक्रमण भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तुलसीपुरका ८९ जनाको स्वाव परिक्षण गर्दा ९ जना स्वास्थ्यकर्मी र कर्मचारी समेत गरि २२ जनामा कोरोना पुष्टि भएको हो । भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जाल भाईवर ग्रुप मार्फत दैनिक सार्वजनिक गर्ने सूचनामा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको ती २२ जना र नेपालगञ्ज तथा अन्य स्थानमा गरिएको टेष्टमा थप दुई जना गरि २४ जनामा कोरोना संक्रमणको पोजेटिभ देखिएको हो ।
ती मध्ये तुलसीपुर उपमहानगरपालिका कार्यालयमा कार्यरत १ जना कार्यालय सहयोगी सहित तिन जना, तुलसीपुर १९, ६,४ र ३ मा रहेको स्वास्थ्य संस्थामा कार्यरत दुई जना कार्यालय सहयोगी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
समुदायस्तरका अन्य १३ जना समुदाय स्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार तुलसीपुर वडा नम्वर १ का १ जना ,वडा नम्वर २ का २ जना, वडा नम्वर ३ का १ जना, वडा नम्वर ४ का १ जना, वडा नम्वर ५ का १ जना,वडा नम्वर ६ का ६ जना, वडा नम्वर ८ का २ जना, वडा नम्वर १५ का १ जना, वडा नम्वर १६ का २ जना, वडा नम्वर १८ का ४ जना र वडा नम्वर १९ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै तुलसीपुर उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ४१ जना पुगेको छ । जस मध्य ८७ जना उपचारपछि डिस्चार्ज भैसकेका छन । दाङमा कोरोना संक्रमितको संख्या ८ सय ७३ जना पुगेको छ ।
 

प्रतिकृया दिनुहोस