शिक्षा दिवस तर शैक्षिक संस्था ६ महिनादेखि ठप्प

४१औं राष्ट्रिय शिक्षा दिवस तथा ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसकालाई बिबिध कार्यक्रम गरि मनाईदैछ । 
गतबर्ष मनाइएको झै यसबर्ष भने खुल्ला रुपमा मनाईने छन् । कोभिड –१९ का कारण प्रबिधि र सामाजिक दुरी कायम गरि सामान्य तरिकाले नै मनाईने बुझिएको छ । सरकारको नीति तथा कार्यक्रम मार्फत वि.सं. २०७६ देखि ८५ सम्मलाई सार्वजनिक विद्यालय सवलीकरण दशकको रूपमा घोषणा गरिएको छ ।
दाङलाई ५ बर्ष अघि  २०७२ साउन २५ गते सरकारले निर्धारण गरेको साक्षरता सख्या पुगेपछिसाक्षर जिल्ला घोषणा गरिएको हो । 
तत्कालिन अबस्थामा दाङ देशकै ११ औँ तथा मध्यपश्चिमको तेस्रो जिल्लाका रुपमा साक्षरता जिल्लाका रुपमा रहेको थियोे । मध्यपश्चिमका सुर्खेत र प्युठान यसअघि नै साक्षर जिल्ला घोषणा भइसकेका थिए  । 
तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले साक्षर जिल्ला घोषणा गर्नु भएको हो । 
आर्थिक बर्ष २०६८÷६९ देखि साक्षर अभियान सुरु भएको हो । २०६७ सालमा साबिक कोइलावास गाविसलाई साक्षर घोषणा गरिएपछि लगातार गाविस र नगरपालिकालाई साक्षर घोषणा गरिएको थियोे ।
जिल्लाका १५ देखि ६० बर्ष उमेरका जनसख्या मध्ये ९६.८ प्रतिशत जनसख्या साक्षर भएका छन् । 
अझै जिल्लामा साक्षरोत्तर कार्यक्रम सञ्चालन गरिनुपर्ने देखिएको छ ।
पन्ध्रदेखि ६० वर्ष उमेरका तीन लाख ९५ हजार ८९ मध्ये तीन लाख ८२ हजार ७० नागरिक साक्षर भएको जनाएको छ । तथ्याङ्कानुसार जिल्लामा अझै १२ हजार ५१९ निरक्षर छन् । 
 

प्रतिकृया दिनुहोस