अग्रपंक्तिमा खटिनेहरुका लागि महुरी होमबाट स्वास्थ्य सुरक्षा सामाग्री

मधेस मानव अधिकार गृह (माहुरी होम)कपिलबस्तुकाले दाङ लगायत प्रदेश ५ का ८ जिल्लामा कोरोना भाईरस संक्रमणबाट बँच्नका लागि प्रयोग गरिने स्वास्थ्य सुरक्षा सामाग्री बितरण गर्न शुरु गरेको छ ।डिएफआईडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशलन अलर्ट सँगको साझेदारीमा माहुरी होमद्धारा सञ्चालित सहज परियोजना अन्तरगत उक्त संस्थाले सेनिटाईजर, सर्जिकल र के एन ९५–मास्क,हेण्डवास, पिपिई सेट, स्प्रे, थर्मलगन, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री बितरण गर्न शुरु गरेको केन्द्रिय सदस्य प्रेमचन्द्र जैसवालले जानकारी दिनुभयो ।
ती सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय दाङ,जिल्ला प्रहरी कार्यालय बाँके,ईलाका प्रहरी कार्यालय तुलसीपुर, भालुवाङ, ईलाका प्रहरी कार्यालय खिलतपुर दाङ र बिभिन्न स्वास्थ्य संस्थामा बितरण गरिने छ ।
स्यानिटाईजर एक सय एम.एल २५ बोटल,५ सय एम एलको १ बोटल स्यानिटाईजर, दुई ग्यालेन ५ लिटर स्यानिटाईजर,१० बोटल हयाण्ड वास, ६ सेट पिपिई सेट,१० बोटल स्प्रे ५ सय एम एल, दुई थान थर्मल गन, ९० थान ग्लोब्स, एक सय १० थान के एन –९५ मास्क,१ हजार थान सर्जिकल मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्री बितरण गर्न सम्बन्धि जिल्ला जिल्ला उक्त संस्थाको प्रतिनिधि खटिएका छन् । माहुरी होमका तुलसीपुर प्रतिनिधि देवी आचार्यका अनुशार आज सोमबार जिल्ला प्रहरी कार्यालय दाङका लागि प्रहरी निरिक्षक राजनकुमार गौतम, र मातहका प्रहरी कार्यालयहरुलाई केन्द्रिय सदस्य जैसवालले हस्तान्तरण गर्नुभएको हो । उहाँले आईतबार जिल्ला प्रहरी कार्यालय बाँकेका लागि प्रहरी प्रमुख ओमबहादुर राना र बाँकेका अन्य कार्यालयहरु लाई पनि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस