जि.प्र.का.दाङका ७ जना कर्मचारी सहित ३७ जनामा पोजेटिभ

बितेको २४ घण्टामा दाङका ३९ जना समेत गरि नेपालका बिभिन्न जिल्लाका एक हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ । 
यस्तै आज शनिबार एक हजार पाँच सय ६६ जना निको भएसँगै कोरोना सङ्क्रमण निको हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ । अब नेपालमा १७ हजार ८७० जना सक्रिय सङ्क्रमित छन् ।  यसमध्ये एक सय ६७ जना आईसीयू र २४ जना भेन्टिलेटरमा रहेका  छन् । यस्तै बितेको २४ घण्टामा नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय ८० पुगेको छ ।
तर स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत आज शनिबार थप ३९ जना भएको बताएको छ भने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार दाङमा ३७ जनामा कोरोना संक्रमणको नतिजा पोजेटिभ भएको छ । 
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सार्बजनिक गरेको सूचनमा तुलसीपुर उपमहानगरपालिकाका १९ जना,घोराहीका ११ जना,जि.प्र.का.दाङका ७ जना कर्मचारी र शान्तिनगर गाँउपालिकाका १ जनामा कोरोना पोजेटिभ भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ २१ बर्षका,वडा नम्वर ५ का १५,१७,२३ र ४० बर्ष,वडा नम्वर ६ का ३२,३५,४७ र ५० बर्षका,वडा नमवर ७ का ९ महिना र ३१ बर्षका,,वडा नम्वर ८ का ३० बर्ष,वडा नम्वर १७ का २५ बर्ष,वडा नम्वर १८ का ३० र ४५ बर्ष,तुलसीपुर १९ का २८,७१ र ७५ बर्षका ब्यक्तिको स्वाव परिक्षणमा पोजेटिभ नतिजा आएको हो । 
त्यस्तै शान्ति नगर गाँउपालिकाका २७ बर्षिय एकजनामा कोरोना पोजेटिभ भएको छ । ती मध्ये तुलसीपुरमा ९ पुरुष र १० महिला,घोराहीमा ६ पुरुष र ५ महिला,जि.प्र.का. दाङका ४ पुरुष र ३ महिला र शान्तिनगरमा पुरुषमा संक्रमण भएको प्रतिष्ठानले जनाएको छ । 
दाङमा कोरोना पोजेटिभ हुनेको संख्या बितेको २४ घण्टाका समेत गरि ९ सय ९२ जना पुगेका छन् । 
निको भई घर फर्कनको संख्या हाल सम्म ८ सय ५७ जना पुगेका छन् । भने ९६ जना आईसोलेसनमा रहेका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुयभयो । त्यस्तै दाङमा कोरोनाका कारण मृत्यु हुनेको हाल सम्म २ जना छ । 
शुक्रबार सम्म ४ सय २० जना कोरोना संक्रमित राखिएको थियो भने निको भएर फर्कन ३ सय ९२ जना र आईसोलेसनमा २८ रहेका छन् । त्यस्तै,कोरोना बिशेष आईसोलेसन सेन्टर नारायणपुर अम्रैमा २ सय ३३ जना भर्ना भएक र निको भएर सबै घर फर्किएका छन् । 
कोरोना बिशेष देउखुरी आईसोलेशस सेन्टर लालमटियामा १ सय १६ जना संक्रमित भर्ना भएका मध्ये १ सय ९ जना घर फर्किएका र आईसोलनमा उपचारत रहेका छन् । 
पद्मोदय आईसोलेसन सेन्टर भरतपुरमा ८४ जना संक्रमित मध्ये ८१ जना निको भई फर्र्र्किएका छन् ३ जनाका आईसोलेसनमा भर्ना भएका छन् ।
एकिकृत नमूना बस्ती झुलिडाँडा बंगलाचुलीमा १४ जना संक्रमित मध्ये सबै निको भई फर्किएका छन् । फोकल पर्सन चन्दका अनुुसार होम आईसोलेसन सेन्टरमा रहेका ४९ मध्ये ४ जना निको भएका छन् भने ४५ जना आईसोलसनमा भर्ना भएका छन् । 
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा १२ जना संक्रमित मध्ये ९ जना निको भई फर्किएका छन् भने १ जना आईसोलेसनमा उपचारार्थ रहेका छन् । 
१९ नम्वर बाहिनी अड्डा तुलसीपुरमा ४ जना संक्रमित मध्ये सबै निको भएका छन् । त्यस्तै,दाङ भन्दा बाहिरका आईसोलेसन सेन्टरहरुमा २३ जना भर्ना भएका मध्ये ११ जना निको भई फर्किएका छन् भने १२ जना शुक्रबार सममको तथ्याक अनुसार उपचारर्थ रहेका कोभिड –१९ फोकल पर्सन चन्दले जानकारी दिनुभएको छ ।
 

प्रतिकृया दिनुहोस