दाङमा ३ अर्व राजस्व संकलन,आन्तरिक राजस्व सबैभन्दा बढि

संघ तथा प्रदेश सरकार मातहतका कार्यालयले दाङमा तीन अर्ब बढी राजश्व संकलन गरेका छन् । 
कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार बितेको आर्थिक वर्षमा संघ तथा प्रदेश अन्तर्गतका कार्यलयहरुले ३ अर्ब १५ करोड ९५ लाख १५ हजार २ सय ७१ राजश्व संकलन गरेका हुन् ।
कोरानाको महामारीका बिचमा पनि जिल्लामा संघ अन्तर्गत रहेका विभिन्न कार्यालयले २ अर्ब ५३ करोड ७८ लाख ३८ हजार ८७७ रुपैँया ८० पैसा संकलन गरेका छन् ।
जिल्लामा संघ अन्तर्गगत रहेका कार्यालयमध्ये सबैभन्दा धेरै आन्तरिक राजश्व कार्यालयको २ अर्ब १० करोड २९ लाख १६ हजार ६ सय ८७ राजश्व संकलन गर्न सफल भएको छ भने सबैभन्दा कम उच्च सरकारी वकिलको कार्यालयले ४ सय रुपैँया संकलन गरेको छ । 
जिल्लामा सडक भिडजन कार्यालयले १ करोड ५५ लाख ५९ हजार बढी राजश्व संकलन गरेको छ ।
कोइलाबास भन्सार कार्यालयले १३ लाख १० हजार ५६६, कोष तथा लेखा नियन्त्रकको कार्यालयले २० करोड ९६ लाख १९ हजार ६ सय १६, घोराही उपमहानगरपालिकाले ४ करोड ५७ लाख ८० ७६५ राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक अर्जुन कुमार डिसीले जानकारी दिए ।
प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजनाले १३ लाख ६३ हजार ७१४, मालपोत कार्यालय तुलसीपुरले २ लाख १३ हजार ७५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले १ करोड ५८ लाख ६५ हजार ४ सय ६०, शान्तिनगर गाउपालिकाले २८ लाख ४७ हजार ७४० राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयले २ करोड ३२ लाख ८८ हजार ९ सय ८२, जिल्ला हुलाक कार्यालयले ६१ लख ९२ हजार ७५९ , नापी कार्यालय तुलसीपुरले २४ लाख ७५ हजार ८७ , नापी कार्यालय लमहीले ९ लाख ५७ हजार ८०६, नापी कार्यालय घोराहीले २० लाख २३ हजार ४ सय १० राजश्व संकलन गरेको छ ।
त्यसैगरी प्रदेश मातहतका कार्यालयले ६२ करोड १६ लाख ७६ हजार ३ सय ९३ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । बितेको आर्थिक वर्षमा प्रदेश मातहत रहेका १८ वटा कार्यालय मध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय राप्तीले २५ करोड १७ लाख ३१ हजार ३९८ र सबैभन्दा कम प्रादेशिक आयुर्वेद चिकित्सालयले ६ हजार २१ राजश्व संकलन गरेको छ ।
 

प्रतिकृया दिनुहोस