गत बर्ष शान्तिनगरको न्यायिक समितिमा २५ मुद्धा दर्ता

शान्तिनगर गाँउपालीकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७६/७७ मा २५ वटा मुद्धा दर्ता भएका छन् ।  
खान लाउन नदिएको ७ वटा,पारिवारीक झगडा ४ वटा , जग्गा खिचलो साध सिमाना ४ वटा,बाधपैनि,कुलो पानि ५ वटा,ज्याला मजदुरी २ वटा , कुटपीट १ वटा,लेनदेन २ वटा गरी २५ वटा मुद्धा दर्ता भएको न्यायीक साितिले जनाएको छ । 
ति मध्ये २५ वटा मुद्धा मध्ये १६ वटा मिलापत्र भएको ४ वटा मिलाउन बाँकी र ५ वटा सिफारीस रहेका छन् । 
जसमा खान लाउन नदिएको ५ वटा मिलापत्र भएको र २ वटा मिलापत्र गर्न बाँकि रहेको छ ।  
पारिवारीक झगडा ४ वटा मिलापत्र ,जग्गा खिचलो साध सिमाना २ वटा सिफारिस भएको २ वटा मिलाउन बाँकि,बाधपैनि,कुलोपानि ५ वटा मिलापत्र,ज्याला मजदुरी २ वटा मिलापत्र, कुट पीट १ वटा सिफारीस , लेनदेन २ वटा सिफारीस भएको  न्यायीक समितीका संयोजक मिथिला शाहले जानकारी दिनुभएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा जम्मा २७ वटा मुद्धा दर्ता भएको न्यायीक समितीले जनाएको छ । 
जसमा ११ वटा मुद्धा मिलापत्र भएको छ भने ६ वटा मिलाउन बाँकि रहेको र १० वटा सिफारीस भईसकेको कार्यालयले जनाएको छ । 
जसमा पारिवारीक झगडा ४ वटा,पारिश्रमिक भुक्तानी १वटा,सम्बन्ध विच्छेद ३ वटा, बहुबिबाह १ वटा,लेनदेन १ वटा,जग्गा खिचिलो,साँध सिमाना ५ वटा,कुलोपानि १ वटा,जन्मदर्ता,बिबाहदर्ता १ वटा ,बाली अर्मल १ वटा,धनमाल १ वटा,खानेपानि १ वटा, गालीगलौज २ वटा , मारपिट २ वटा , सम्पत्ति सम्बन्धि १ वटा ,खानलाउन नदिएको १ वटा रहेका छन् । 
जस मध्ये मिलापत्र भएको ११ वटा ,सिफारीस भएका १० वटा र मिलापत्र हुन बाँकी ६ वटा रहेका छन् । 
आर्थिक वर्ष २०७४/७५ मा शान्तिनगर गाँउपालिकामा ७ वटा मुद्धा सम्पादन भएको,सम्पादन हुन बाँकी २ वटा,छलफलका लागि कार्यायमा पठाएका विवादहरु २ वटा , वडा कार्यालयमा सिफारीसमा भईआएको विवाद १ गरी जम्मा १२ वटा मुद्धा दर्ता भएको  छ ।
 

प्रतिकृया दिनुहोस