अहिले सम्मकै धेरै १३५९ जना संक्रमित,प्रदेश ५ मा ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दाङका ७ जना गरि अहिलेसम्मकै धेरै एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको छ । 
एक हजार तीन सय ५४ जना कोरोना भाइरसका सङ्क्रमित निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
यो सङ्ख्या अहिलेसम्मकै सबै भन्दा धेरै हो । एक हजार तीन सय ५४ जना निको भएसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको डाक्टर गौतमले बताउनुभयो ।
बिहीबार १४ जना सङ्क्रमितको ज्यान गएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ७१ पुगेको छ । 
 
                      प्रदेश ५ का दुई जिल्लामा ३ जनाको मृत्यु

प्रदेश नम्वर ५ को रुपन्देहीमा आज शुक्रबार थप तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । सिद्धार्थ नगरपालिका ८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका ७ का ६४ वर्षीया महिलाको उपचारका क्रममा ज्यान गएको हो । 
ती महिलाको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो । 
यसअघि बिहान कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय वृद्धको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो । 
श्वासप्रश्वासमा समस्या देखिएपछि गएको ४ गतेदेखि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना हुनु भएकी उहाँको ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 
         

                     झण्डै १५ हजार स्वाव संकलनले देखियो समुदायमा संक्रमण फैलिएको छैन 
दाङमा अहिले सम्म १४ हजार ७ सय ३० जनाको स्वाब संकलन गरिएको छ ।
पि.सि.आर चेकजाँच गर्दा ७ सय ९५ जना संक्रमित फेला परेको दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । कोरोना संक्रमण समुदायमा समेत प्रबेश गरेको होकी भन्ने चिन्ता बढदै गएको अबस्थामा देउखुरीका ४ वटा स्थानिय तहले पनि कोरोना भाईरस संक्रमण परिक्षणको दायरा बढाएका छन् ।
परिक्षणका क्रममा समुदायमा कोरोना संक्रमण नभेटिएको ती पालिकाहरु बताएका छन् ।
लमही नगरपालिकाका बिभिन्न क्षेत्रका बैंक,वित्तीय संस्था,कार्यालय,स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परिक्षण गरि चेकजाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिनुभयो ।
एकसय ३० जनाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पि.सि.आर चेकजाँचको लागि पठाएको मध्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । 
लमही नगरपालिका अन्तरगतका सिम्टम यसअघि लक्ष्यण नभएका तर भर्ना गरिएका ३० जना संक्रमित निको भई घर फर्किसकेका छन् ।
गढवा गाउँपालिकाले कोइलाबास नाकाका ३८ जना स्थानियहरु र दुईजना भारतबाट आइ होम क्वारेनटाइनमा बसेकाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पि.सि.आर.चेकजाँचको लागी पठाएको मध्य ३८ जनाको रिपोर्ट नेगेटिभ र होम दुईजनाको रिपोर्ट पोजेटिभ आएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो । 
पोजेटिभ आएका दुईजना व्यक्ती घरमै होम क्वारेनटाइनमा बसका थिए ।
उनिहरुसंग घुलमिल गरेका थप १७ जनाको कन्ट्र¥याक ट्रेसिङ्ग गरेर स्वाब संकलन गरि पि.सि.आर. चेकजाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको  हो ।
गढवाका ४८ जना संक्रमित निको भई घर फर्किसकेका छन् । तर एकजनाको देउखुरीको कोरोना विशेष आइसोलेसन सेन्टरमा उपचार भई रहेको स्वास्थ्य प्रमुख चौधरीले जानकारी दिनुभयो ।
राप्ती गाँउपालिकाका बिभिन्न क्षेत्रमा गरिएको एकसय २२ जनाको स्वाब संकलनमा पि.सि.आर.जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताउनुभयो ।
त्यसकारण समुदाय स्तरम कोरोना भाइरस फैलिएको आशंका गलत साबित भएको उहाले बताउनुभयो ।
उहाँका अनुसार ३८ जना संक्रमित मध्ये ३३ जना निको भई घर फर्किएका र ४ जना देउखुरी कोरोना विशेष आइशोलेन सेन्टर लालमटियामा र एकजना कोहलपुरमा उपचार भई रहेको छ ।
राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकाएका अनुसार राजपुरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पालिकाका कर्मचारी र स्थानियहरु गरि ६ सय ८६ जनाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँचको लागि पठाइएको मध्य सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । 
२१ जना संक्रमित सबै निको भई घर फर्कि सकेका स्वास्थ्य प्रमुख रोकायले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस