वामदेवलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय

नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ ।
आज बिहीबार अपरान्ह् सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
कार्यदलको प्रतिवेदनमाथि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाइ सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो ।  
अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौं २० गते सकिदै  छ ।
यसअघि फागुन १४ गते नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सुझाव दिएको थियो ।
तर, प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई लागू गर्नुभएको थिएन ।
वैशाख २० गते बसेको सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा उमेदवार बनाउने निर्णय गरेको थियो ।
 

प्रतिकृया दिनुहोस