चालु आर्थिक बर्षमा बबईमा ९ वटा मुद्धा दर्ता

चालु आर्थिक वर्षमा बबई गाँउपालिकाको न्यायिक समितिमा ९ वटा मुद्धा दर्ता भएका छन् । गत आर्थिक बर्ष २०७६।०७७ को एक वर्षको अबधिमा भने ६६ वटा मुद्धा दर्ता भएको न्यायिक समितिको संयोजक सावित्रा बि.क. ले जानकारी दिनुभएको छ । 
जसमा गाली गलौच, कुटपीटका १८ वटा , बाँध कुलो पानि १२ , आँठा साँधि जग्गा विवाद १२ , पारिश्रमीक ठगि २ , सम्पत्ति हिनामिना २ , जाल साधि ठगि २ ,रोक्का २ , पालनपोषण, नाता प्रमाणितका ५ , पारीवारिक विवाद ६ , अंश विवाद ३, घरभाडा १ गरी ६६ वटा मुद्धा कार्यालयमा दर्ता भएको न्यनयीक समितिका संयोजक साबित्रा बिकले जानकारी दिनुभयो । 
जसमा ४४ वटा मुद्धा फच्यौट भएको र २२ वटा मुद्धा फच्योट हुन बाँकि रहेको न्यायिक समितिले जनाएको छ । 
संयोजक बिकका अनुसार २०७५।०७६ मा ७२ वटा मुद्धा दर्ता भएकोमा ५४ वटा फच्यौट भएको र १८ वटा फच्यौट हुन बाँकि रहेका छन् । 
आर्थिक वर्ष २०७४।०७५ मा ७० वटा मुद्धा दर्ता भएको न्यायिक समितिले जनाएको छ । जसमा ४९ वटा फच्यौट भएको र २१ वटा मुद्धा फच्यौट हुन बाँकि रहेको कार्यालले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस